काठमाडौँ — दुई हप्तादेखि जारी रहेको लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म लम्ब्याएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप गर्ने निर्णय गरेको हो ।
Leave a Reply