मेचीनगर नगरपालिकाकाे पहलमा भोकमरीबाट जोगाउन राहत कोष स्थापना

दलित अनलाईन १७ चैत्र २०७६, सोमबार २२:००

भद्रपुर – झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले रु १० लाखदेखि रु ५० लाखसम्म बजेट छुट्याएका छन् ।

मेचीनगर नगरपालिकाले सबैभन्दा बढी रु ५० लाखको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै कोषबाट लकडाउनमा बिचल्ली भएका अतिविपन्न व्यक्तिलाई सहयोग पु¥याइने बताए । ।
यसैगरी कनकाई नगरपालिकाले रु १५ लाख, शिवसताक्षी नगरपालिकाले रु १० लाख, दमक नगरपालिकाले रु ३० लाख र कमल गाउँपालिकाले रु १० लाखको आकस्मिक राहत कोष स्थापना गरेका छन् । झापाका सबै पालिकाले कोष वृद्धिका लागि सहयोग गर्न चाहने व्यक्ति वा सङ्घसंस्थालाई नगद वा जिन्सी जे भए पनि राहत कोषमै जम्मा गर्न अनुरोध गरेका छन् । शिवसताक्षी, कनकाई र दमकका जनप्रतिनिधिले एक महिनाको तलब र भत्ता आकस्मिक राहत कोषमै जम्मा गर्ने भएका छन् ।

“अब पहिलो प्राथमिकता स्वास्थ्यमा हो, मानिस बाँचे मात्र विकास चाहिन्छ”, शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले  भने , ‘लकडाउन बढ्ने सम्भावना छ, यस्तो अवस्थामा विपन्न समुदायलाई भोकमरीबाट बचाउनुपर्छ । आकस्मिक कोषको बजेटले नपुगेमा विकासको बजेटसमेत खर्च गर्छौँ ।”

विर्तामोड नगरपालिकाले आकस्मिक राहतका लागि भनेर छुट्टै कोष स्थापना गरेको छैन । तर सङ्कट गहिरिँदै गएको हुँदा विकासका लागि छुट्याएको सबै बजेट कोरोनाको रोकथाम, प्रतिरोध र गरीब वर्गको सहयोगका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।  स्थानीय तहले यतिबेला पालिकाभित्र रहेका अति विपन्न समुदायको लगत सङ्कलन गर्न टोल विकास समितिलाई परिचालन गरिरहेका छन् । कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्ले भनिन् , “विपन्न जनतालाई भोकले मर्न दिँदैनौँ, दैनिक गुजारा चलाउन मुस्किल हुने मजदुरको लगत सङ्कलन गरेर राहत वितरण गर्छौँ ।”

उनले गाउँपालिकाभित्रका विभिन्न सङ्घसंस्थाले कोषमा रु एक लाख ५० हजार जम्मा गरिसकेको जनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने बताइन ।  कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले १४० टोल विकास समितिमार्फत विपन्नको लगत सङ्कलन भइरहेको जनाउँदै जनप्रतिनिधिको उपस्थितिमा एकद्वारबाट राहत बाँडिने जानकारी दिए ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले व्यक्ति तथा संस्थाले आफूखुशी राहत वितरण गर्दा पक्षपात हुने गुनासो आउने भएको हुँदा आफ्नो नगरमा नगरपालिकाको एकद्वार प्रणालीबाट मात्र राहत वितरण गरिने बताए ।  झापाको मेचीनगरका प्रमुख राजनीतिक दलका नेता सम्मिलित मेची अभियानले लकडकाउनका बेला असहायलाई खाद्यान्न वितरण गर्ने उद्देश्यले फुड बैंक स्थापना गरेको छ ।

मेची अभियानका संयोजक रहेका मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाले नेकपा, नेपाली काङ्ग्रेस, राप्रपा, सङ्घीय समाजवादीलगायतका दलका नगरप्रमुख अभियानमा सदस्य रहेकाे जानकारी दिए ।  उनले दाताहरुबाट स्वेच्छिकरूपमा प्राप्त भएको नगद तथा खाद्यान्न फुड बैंकमा राखिने र वास्तविक विपन्नलाई वितरण गरिने बताए ।  फुड बैंकमा देश–विदेशमा रहेका नेपालीले सहयोग घोषणा गर्न थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank