अस्पतालबाट बन्धक सुत्केरीको समाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले गरिन उद्धार

दलित अनलाईन चैत्र ९, २०७६

विराटनगर– डेढ महिनादेखी अस्पतालमै बन्धक बस्न बाध्य भएकी सुत्केरीको वर्षिय चेली सुन्दास राजवंशीको समाजिक विकास मन्त्री जसमाया गजमेरले उद्धार गरेकी छिन ।
एक नम्बर प्रदेश सरकारकी समाजिक विकास मन्त्री जसमाया गजमेरले उपचार शुल्क तिर्न नसक्दा डेढ महिनादेखी अस्पतालमै बन्धक बस्न बाध्य सुत्केरीको उद्धार गरेकी हुन । विराटनगरको मुनालपथ स्थित विराट नर्सिङहोममा डेढ महिनादेखी बन्धक बनेकी झापा विर्तामोड नगरपालिका– ३ सुकुम्बासी टोलकी २२ वर्षिय चेली सुन्दास राजवंशीको उपचार शुल्क तिरिदिएर समाजिक विकास मन्त्री जसमाया गजमेरले उद्धार गरेकी हुन ।
२९ माघमा सात महिनाको गर्भ सुत्केरी गराउन विराटनर्सिङ होममा भर्ना भएकी सुत्केरी चेली सुन्दासले उपचार वापतको १ लाख २० हजार रुपैया तिर्न नसक्दा उनी अस्पतालबाट डिस्र्चाज हुन पाएकी थिइनन । अस्पतालवबाट डिस्र्चाज हुन नपाएपछि सुत्केरी चेली र उनकी सासु अमृत सुन्दास भोकभोकै परेका थिए ।

पैसा नभएपछि सासु र बुहारी एक महिनादेखि अस्पतालमा बन्धक,सुत्केरी भोकै र्शीषकमा शनिबार दलित अनलाईन डटकमले समाचार प्रकाशन गरेको थियो । दलित समुदायकी बुहारी उपचार खर्च तिर्न नसकेको जानकारी पाएपछि मन्त्री गजमेर आइतबार बिहान अस्पताल पुगेर जमानी बसेकी थिइन । मन्त्रीले लिखित जमानी बसेपछि अस्पताल प्रशासनले डेढ महिनादेखी अस्पताल बस्न बाध्य चेलीलाई आइतबारै डिस्र्चाज दिएको छ । मन्त्री जसमायाका अनुसार चेलीको उपचार खर्च एक नम्बर प्रदेश सरकारले बेहोरिदिने छ ।

२५ वर्षीय अनिल सुन्दासकी श्रीमती चेली गर्भ बसेको सात महिनामै व्याथाले च्यापेपछि सुत्केरी गराउन झापा विर्तामोडको मनमोहन अस्पतालमा २९ माघमा भर्ना भएकी थिइन । तर त्यहाँका चिकित्सकले क्रिटिकल केस भन्दै विराटनगरस्थित विराटनसिंङ होममा रिफर गरिदिएका थिए । चेलीलले जन्माएको छोराको जन्मिएकै दिन मृत्यु भएको थियो ।
सुकुम्बासी टोलमा घर भएका र जनमन गरि खाने अमृताको परिवार खर्च तिर्न सक्ने अवस्थामा छैन् । चेलीका श्रीमान अनिल टेलरमा कपडा सिलाउने काम गर्छन् । अस्पतालबाट श्रीमती डिस्चार्ज गराउन नसकेपछि ऋण खोज्न गाउँ गएका उनले ऋण पाउन नसक्दा श्रीमती डिस्र्चाज गराउन सकेका थिएनन ।


खाना खर्च सकिएपछि सासु अमृताले अस्पतालको क्यान्टिनमा भाडा माझेर सुत्केरी बुहारीका लागि खाना खुवाउने गरेकी थिइन । तर बिल तिर्न ढिलाई गरेको भन्दै अस्पताल प्रशासनले होटललाई खान नदिन दवाव दिएपछि क्यान्टिनले पनि खाना दिन बन्द गरेको थियो ।

http://dalitonline.com/archives/7057

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank