जातीय छुवाछूतको मुद्दा सरकार गम्भिर हुनुपर्छ : दलित गैर सरकारी संस्था महासंघ

दलित अनलाईन ८ चैत्र २०७६, शनिबार १७:४६

काठमाडौं– दलित समुदायमाथि हुने विभेदको रुप फेरिए पनि सार नफेरिएको भन्दै सरकार र सरोकारवाला निकायसँग जातीय छुवाछूको मुद्दामा गम्भिर बन्न दलित गैर सरकारी संस्था महासंघले आग्रह गरेको छ ।

५५ औं जातीय भेदभाव विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अर्थात २१ मार्चको सन्दर्भमा प्रेस विज्ञप्तीमा जारी गदै महासंघले सरकार र सम्बन्धीत निकायहरुलाई छुवाछूतको मुद्दामा गम्भिर हुन आग्रह गरेको हो ।

प्रेस विज्ञप्तीमा भनिएको छ ,जातीय छुवाछूतकै निहुँमा हत्य ,हिंसा कुटपिट र सामाज र डेराबाट समेत अपमान र तिस्कृत हुँदा समेत सरकार र सम्बन्धीत निकायहरु छुवाछूतको मुद्दा तत्काल गम्भिर बन्न नसक्नु राष्ट्रकै लागि लज्जाको विषय भएको भन्दै सबै पक्षलाई गम्भिर हुन आग्रह गरेको छ ।

दलित गैर सरकारी संस्था महसंघको जारी गरेको विज्ञप्तीको पूर्ण पाठ

५५ औं जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय दिवस, मार्च २१ को सन्दर्भमा जारी गरिएको
प्रेस विज्ञप्ति
मितिः २०७६÷१२÷०८

यस वर्षको ५५ औं जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय दिवस अर्थात २१ मार्च २०२० युएनको ४३ औं सत्रको मानव अधिकार परिषदले पारित गरेको “अफ्रिकी मूलका नागरिकहरुको लागि अन्तर्राष्ट्रिय दशक” २०१५–२०२४ को मध्यावधि समीक्षामा केन्द्रित हुने युएनले जनाएको छ । विश्व नै नोभेल कोराना भाइरस (nCoV) अर्थात “कोभिद १९” ले आक्रान्त भईरहेको दुःखद सन्दर्भमा यस दिवस मनाउँदा कोभिद १९ लाई नै केन्द्रविन्दुमा राखेर सचेत्तापूर्वक मनाउन पर्ने स्थितिलाई पनि हामीले उत्तिकै ध्यान दिन जरुरी छ । मूलतः अफ्रिकी मूलका अश्वैत नागरिक र दक्षिण एशियाली दलित समुदायले यस दिनलाई आफ्नो अधिकार स्थापनाको विशेष अवसरका रुपमा मनाउदै आएकोमा यस वर्ष त्यसरी हर्षोल्लासपूर्ण रुपमा मनाउने अवस्था नभएको सबैमा विदितै छ ।

सन् १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्ले शहरमा गोरा शासकहरुले अश्वैत नागरिकहरुविरुद्ध गरेको अन्याय र अत्याचारविरुद्धको जनप्रदर्शनका क्रममा त्यहाँको शासकले गोली बर्साउँदा ६९ जना प्रदर्शनकारी शहीद भएको र ६०० भन्दा बढी मानिसहरु घाईते भएको दिनलाई स्मरण गर्न संयुक्त राष्ट्रसंघले सन् १९६५ मार्च २१ का दिन रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी (सर्ड) जारी गरेकोमा २१ मार्च १९६६ देखि रङ्गभेदविरुद्धको दिवस मनाउन सुरु गरिएको थियो । दक्षिण अफ्रिकाको श्वैतहरुले अश्वैतहरुमाथि गर्ने रङ्गभेद र दक्षिण एशियाली मुलुकहरुमा कथित माथिल्लो जातले दलित समुदायलाई गर्ने जातीेय छुवाछूत र भेदभावको रुप एकैखालको भएकोले दलित समुदायको ठूलो संघर्षका कारण नेपाल सरकारले सर्ड पारित गरेकोमा यस समुदायले समेत मार्च २१ लाई विशेष दिनको रुपमा सम्झने र अधिकारको लागि छलफल चलाउने, विभेद अन्त्यका लागि ऐक्यवद्धता जनाउने र सरकारलाई झक्झक्याउने दिनको रुपमा मनाउदै आएको व्यहोरा विदितै छ । दलित समुदायमाथि हुने विभेदको रुप फेरिएपनि सार फेरिएको छैन, उही छ । छुवाछूत र विभेद दिनानुदिन भइरहेका छन् । जुन गम्भीर छन् ।

अतः आजको यस विशेष दिवसले सरकारलाई दलित समुदायमाथि हुने सबै किसिमको विभेदहरुको अन्त्य गर्नका लागि पहल कदमी लिन, समग्र विकासका लागि एउटा मजबुत खाका कोर्न र कोरोना भाइरस संक्रमण अन्त्य गर्न तथा यस्तो महामारीमा दलितलगायत सिमान्तकृत समुदायउपर हुनसक्ने मानव अधिकार उल्लंघनका घटनाहरु हुन नदिन राज्य सचेत र सजग रहन प्रेरणा मिलोस् भन्दै शुभकामनाका साथ दलितमाथि हुने विभेदविरुद्ध, कोरोनाविरुद्धको सरकारको अभियानमा एकसाथ रहने प्रतिवद्धता दोहो¥याउँदै सम्पूर्णमा हार्दिक अपिल गरिन्छ ।

जे.वि. विश्वकर्मा
महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank