काठमाडौ–देशभरी दलित समुदायमाथि भएको हत्या हिंसा र जातीय छुवाछूतका घटनामा विप्लव नेतृत्वको माओवादी निकट दलित मुक्ति मोर्चाले देशव्यापी विरोध कार्यक्रम संचालन गरेका छन ।
पोखरा ,कास्की ,पाल्पा बुटवल, जितपुर, तनाउँ,गोरखा, काठमाडौ,ललितपुर ,भक्तपुर ,चितवन ,रामेछाप, काभ्रे र सिन्धुपाल्चोक लगायत देशभरी विरोधको कार्यक्रम संचालन गरेको हो । उसले दलित समुदायमाथि जातीय आधारमा कुटपिट हत्या हिंसाका घटनाहरु श्रृखलाबद्ध रुपमा बढेको भन्दै राज्यले तत्काल त्यस्ता हत्या र जातीय आधारमा गरिएका विभेदका घटनाहरुमा कानुनी कारबाहीभन्दा बाहिर गए चर्को मूल्य चुकाउनुपर्ने समेत दावी गरेको छ ।
काभ्रेको धुलेखेलमा आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चा नेपाका अध्यक्ष डम्बर बहादुर बिश्वकर्माले देशमा बढ्दो हत्या, हिंसा, बलात्कार, जातीय छुवाछूत र विभेद विरोध गरे । उनले काभ्रेका अजित मिजारको हत्यामा संलग्न दोषीलाई तत्काल कारबाही गरि मृतकको शव दाहसंस्कार गर्ने बाताबरण मिलाउनुपर्ने माग गरे । । त्यसैगरी उक्त मोर्चाले काठमाडौमा आयोजना गरेको बिरोध कार्यक्रमा मोर्चाका केन्द्रिय सचिवालय सदस्य तथा मध्य कमान्ड संयोजक हरि नेपालीले अहिलेको संसदीय दलाल राज्यसत्ताले नेपालमा रहेका आम जनसमुदायमाथि हरेक किसिमको उत्पीडिनमा पारेकोले दलित समुदायको पक्षमा कुनैपनी काम गर्न गर्ने नसक्ने बताए । यसको समाधान भनेको बैज्ञानिक समाजबाद एक मात्र विकल्प भएकोले देशमा रहेका सम्पूर्ण दलित समुदायलाई एकीकृत जनक्रान्तिको पक्षमा लामबद्व उनले आग्रह समेत गरे ।
Leave a Reply