घरबाट पक्राउ परी प्रहरीसँगै गएका राम लोहारको मृत्यु, परिवार भन्छ, ‘मृत्यु होइन हत्या हो’

दलित अनलाईन ४ चैत्र २०७६, मंगलवार १०:४८

कञ्चनपुर– घरबाट पक्राउ परी प्रहरीसँगै निस्किएका श्रीमानको मृत्यु भएपछि श्रीमती र आफन्तहरुले प्रहरीको उपस्थितिमा हत्या भएको शंका गरेका छन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ९ का राम लुहारलाई फागुन २२ गते बिहान ६ जिम्मुवा प्रहरी चौकीबाट दुई जना प्रहरीले घरबाट पक्राउ गरी चौकीमा लैजादै गर्दा घरभन्दा पाँच सय मिटर अगाडी बाटोमा ढलेका थिए । उनको मृत्युलाई परिवारजनले प्रहरीकै उपस्थितिमा हत्या भएको शंका गरेका छन् ।
फागुन १९ घरमा श्रीमतीसँग सामान्य झगडा भएको थियो । रामकी श्रीमती करिस्माका अनुसार १९ गते दिउँसो राम र उनी बिच घर झगडा भएको थियो । रामले रक्सी खाएर आफूलाई पिटेको भन्दै उनी दिदीको घर गएकी थिइन । उनी नभएको समयमा रामले आमालाई छिमेकी नन्द भट्टको घरमा टिभी हेरिरहेको अवस्थामा साँझ गाली गरेका थिए ।
छिमेकी नन्द भट्टलाई समेत अबदेखि आमालाइ यहाँ आउन नदिनु भन्दै गाली गलौच गरेका थिए । सोही घटनालाई लिएर छिमेकीले प्रहरीलाई फोन गरेर बोलाए । उजुरी पनि दिए । प्रहरीले समातेर आफुलाइ लैजाने डरले उनी तीन दिनसम्म घर बाहिरै बसे । प्रहरी आउदै फर्किदै गर्यो । फागुन २२ गते बिहान ६ बज्नै लागेको थियो जिम्मुवा प्रहरी चौकीबाट दुई जना प्रहरी मोटर साइकलमा रामको घर पुगे । राम घरमै भेटिए । उनलाई प्रहरीले छिमेकीले गालीगलौचको मुद्दा हालेकोले प्रहरी कार्यालय हिड्न भने । रामले प्रहरीलाइ आफू आफ्नै मोटरसाइकल चढेर प्रहरी कार्यालय गए । प्रहरीको मोटरसाइकल पछाडि, राम अगाडी अगाडि गर्दै प्रहरी कार्यालय जाँदै गर्दा घरदेखि करिव पाँच सय मिटरको दुरीमा पुगेपछि उनी मोटरसाइकलबाट ढले । त्यो बेला राम छ्ट्पटाउन थालेपनि प्रहरी मुकदर्शक बनेको उनकी श्रीमती करिस्मा लुहार बताउँछिन् ।
‘जब बाटोमा दुर्घटना भएको बेला दुई बालकहरुले देखेर उठाउन जाँंदा प्रहरीले नछुन भन्दै डर देखाएपछि उनीहरु पनि पछि हटेका थिए । प्रहरीले बालकहरुलाई तिमीहरुलाई पनि समातेर लग्छौ भनेपछि बालकहरु त्यहाँबाट भागेका हुन् । प्रहरीले केही समय पछि स्कुलको बसमा हालेर सडकसम्म पुर्याए र सडकबाट अटोरिक्सामा राखेर महाकाली अन्चल अस्पताल पुर्याएको थियो ।
करिब बिहान ७ बजे दुर्घटना भएको भएपनि प्रहरीले आफूहरुलाई १२ बजे मात्रै खबर गरेको उनीहरुको भनाई छ । परिवारका सदस्यहरु अस्पताल पुग्दा राम बेहोस अवस्थामा थिए । त्यहाँबाट डाक्टरले रेफर गरेपछि उनलाई भारतको बनबासा पुर्याइयो । त्यहाँ पनि सम्भव नभएपछि बरेलीको कोहलपुर भन्ने ठाउँमा पुयाईयो । तर, त्यहाँ पुग्दा डाक्टरले उनलाइ मृत घोषणा ग¥यो ।
‘घटना भएपछि ३० मिनेटको दुरिमा रहेको महाकाली अञ्चल अस्पताल पुर्याउन किन ढिला ग¥यो प्रहरीले ? अहिले करिस्माको प्रश्न छ प्रहरीलाई । ‘मेरो श्रीमानसँग प्रहरीले के–को बदला लियो ? अब मेरा दुई नाबालक छोरा छोरीको लालनपालन, बुढा सासु–ससुराको हेरचाह कसरी गरु ?’ उनी भक्कानिँदै भन्छिन् ?

परिवारको विचल्ली
वडा नं. ९ का राम लुहारका परिवारको विचल्ली भएको छ । घरको साहरा नै गुमेपछि परिवारको विचल्ली भएको हो । ९९ वर्षका बुवा, ८० वर्षकी आमा, २२ वर्षीया श्रीमती र डेढ वर्षे छोरा र तीन वर्षकी छोरी अहिले साहराविहिन छन् । उनीहरुको विचल्ली भएको छ ।
दुःखमा परेका परिवारलाई भेट्न अहिलेसम्म कोही पनि आएका छैनन् । अपाङ्गसमेत रहेका बृद्ध बुवा आगनमा खटियामाथि बसेर दिन कटाइरहेका छन् । हात जोड्दै  दुखेसो पोख्छन्न, ‘मेरो छोरोर्लाइ राम्रैसँग लगेको प्रहरीले लास बनाएर घर पुर्यायो । मेरो छोरालाई न्याय कस्ले दिन्छ अब ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank