मोटरसाइकल दाइजो दिन नसकेपछि विहे रोकियो

सुजीतकुमार झा २८ फाल्गुन २०७६, बुधबार ०७:१५

जनकपुरधाम । विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा एउटा बिहे रोकेको छ । विहे रोक्नुका कारण केटापक्षले मागेको दाइजो नदिनु नै रहेको छ ।

धनुषाको नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विहे धनुषाकै भुतही निवासी रोहित सदाको २१ वर्षीय छोरा सुशिल सदासँग फागुन २५ गते हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशिल सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरेपनि विवाह नै नभएपछि बेहुलीपक्ष मारमा परेका छन् ।

साहुसँग चर्को व्याजमा ३ लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरेपनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न समियानाहरु पनि लगाइएको थियो । हामी भन्दै थियो पैसाको व्यवस्था भएन विहेपछि मोटर साइकल दिन्छु तर केटा पक्षले मानेनन बेचनीले वताइन ।

विहे नभएपछि पूजा दिनभरी रोइरहेकी छिन उनको हालत देख्न लायक छ्रैन् । तर स्थानीय केही व्यक्तिहरु मोटरसाइकल दिएर पनि विहे गर्न सुझाब दिइरहेका छन । तिनीहरु विहेको फेरी वातावरण वनाउनमा लागेका छन । तर अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडान पूजाले लिएकी छिन् । उनले एउटा मोटरसाइकलको लागि बिहे नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन दाइजोको लोभमा ज्यान पनि लिनसक्ने उनले वताइन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटना के रहेछ आफूले बुझीरहेको छु यस्ताहरुलाई समातेर कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’

प्रदेश २ का जिल्लाका घनाढ्यदेखि दलित विपन्न समुदायमा पनि ऋण काढेर भएपनि बालविवाह तथा दाइजो प्रथा जस्तो सामाजिक कुरितीले प्रशय पाइनै रहेको छ । सामाजिक प्रतिष्ठामाथि नै खुलेयाम खेलवाड भइरहेपनि सरकार रमिते बनेका छन् ।

दाइजोका कारण बिहे रोकिने धनुषाको यी जटहीको घटना त एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपनि हत्या जस्तोे जघन्य अपराध निरन्तर हुँदै आएको छ । यस प्रकारका कुरीति र अपराध रोक्ने प्रयास कतैबाट हुन सकेको छैन । यस्ता घटनाहरुमाथि उल्टै मलजल दिने प्रयास भइरहेको देखिएको छ ।
सरकारले बालबिवाह र दाइजो प्रथालाई निर्मूल पार्ने जतिसुकै कानुन अपनाए पनि यो कुरा व्यवहारमा अहिलेसम्म लागू हुन सकेको छैन ।

सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारको रुपमा अत्यन्त हलुका ढंगले लिएको मात्र पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराई भने अत्यन्त भयानक र दर्दनाक रहेको कानुन व्यवसायी राजकुमार महासेठले वताए ।

दाइजो सामान्य रुपमा उपहार जस्तो बुझिन्छ । उपहार त दिएपनि हुन्छ र नदिएपनि हुन्छ । तर, दाईजो त सदियौँदेखि हाम्रो समाजमा कुप्रथाको रुपमै जरा गाडेर बसेको छ उनले अगाडि वताए ।
यो प्रथाका नकारात्मक पाटाहरु धेरै छन् यसको प्रभाव बेहुली पक्षलाई पर्न जान्छ । जुन विवाहको मगनीको बेलादेखि नै सुरु हुन्छ, सांस्कृतिविद पुनम झा मैथिलीले वताइन ।

किनकी अधिकांश विवाहमा (विशेषतः तराइ मधेसमा) बेहुलीपक्ष्।ले बेहुलापक्ष्।लाई के के दिनुपर्छ भनेर छिनोफानो हुन्छ । शर्त पूरा भएमात्र विवाह निश्चित हुन्छ । भूर्ण हत्यामा भएका अनुसन्धानहरुले अधिकांश र्भूणहरु बालिकाको भएको पुष्टि गरेको छ । यसको प्रमुख कारण पनि दाइजोको मनोवैज्ञानीक आतंक नै हो । त्यसैगरि, दाइजोको तराजुमा सामाग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ दाइजो प्रथाले ।

यो दृश्य देखेर हरेक अविवाहित केटाले आफू ‘सुपेरियर’ भएको र हरेक अविवाहित केटीले आफू ‘इन्फेरियर’ भएको महशुश गर्छन् सांस्कृतिविद मैथिलीले वताइन । असमान ‘जेन्डर आइडेन्टिटी’ अर्थात लैंगीक पहिचानको निर्माण गर्न दाइजो प्रथाले भूमिका खेलेको छ कानुन व्यवसायी महासेठले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank