पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजनामा दलित सवाललाई गम्भिर रुपमा उठाइन्छ : सचिव घिमिरे

दलित अनलाईन १७ पुष २०७६, बिहीबार १२:२८

काठमाडौं–प्रधानमन्त्री तथा मन्त्री परिषदका सचिव डिल्लीराज घिमिरे सरकारले तयार गरेको पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजनामा छुटेका दलित सवाललाई सम्वोधन गरिने वताएका छन् ।
दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माको अध्यक्षतामा गएको प्रतिनिधिमण्डलले पेश गरेको टिप्पणी तथा सुझावमा आफ्नो धारणा राख्दै सचिव घिमिरे दलित सवाललाई सम्वोधन गर्ने बताएका हुन ।
गत मंसिर १६ गते मानव अधिकार महाशाखाका सहसचिव कौशलचन्द्र रेग्मीकै उपस्थितिमा भएको परामर्श गोष्ठीमा उठेका सवाल तथा सुझावलाई समेटेर नागरिक समाजको तर्फवाट दलित गैरसरकारी संस्था महासंघले सो सुझाव तथा टिप्पणी तयार पारेको थियो । सो सुझाव तथा टिप्पणीमा दलित, महिला, यौनिक अल्पसंख्यक तथा समग्र मानव अधिकारको विषयहरु समेटिएको थियो ।


प्रतिनिधिमण्डल सँगको भेटमा सचिव घिमिरेले उक्त कार्य योजनालाई कार्यान्वयन गराईने भएको हुँदा सम्वन्धित मन्त्रालयहरुले कार्यान्वयन गर्न सक्ने र मिल्ने गरि सुझाव राख्न अनुरोध गरेका थिए । प्रतिउत्तरमा प्रतिनिधिमण्डलका सदस्य तथा दलित गैरसरकारी संस्था माहासंघका सल्लाहकार हिरा विश्वकर्माले सुझावमा समेटिएका कुराहरुको वारेमा जानकारी गराए । महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले छुवाछुत र त्यो वाट श्रृजित समस्याहरुको निराकरण गर्नु पर्ने कुरामा जोड दिए । डिएनएफले प्रस्तुत गरेको सो सुझावलाई कार्ययोजनामा समाहित गर्नको लागि सचिव घिमिरेले प्रधानमन्त्री कार्यालयका सहसचिव कौशलचन्द्र सुवेदीलाई हस्तान्तरण गरे । सुवेदीले सुझाव तथा टिप्पणीमा सुझाईएका कुराहरुलाई अध्ययन गरि सके सम्म कार्ययोजनामा समेटिने कुरा वताए ।
सो प्रतिनिधिमण्डलको नेतृत्व महासंघका कार्यवहाक अध्यक्ष भक्त विश्वकर्माले गरेका थिए भने अन्य सदस्यहरुमा कोषध्यक्ष जितेन्द्र पासवान, उपमहासचिव सन्जुसिंह विश्वकर्मा तथा सल्लाहकार हिरा विश्वकर्मा रहेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आएका सुझावहरुलाई मन्त्रालय स्तरमा छलफल गरि समेटिने र प्रधानमन्त्रीको कार्यालयले ती कार्ययोजनामा समेटिएका विषयहरु कार्यान्वयन भए नभएको अनुगमन गरिने वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank