काठमाडौं– महिलामाथि हुने हिंसाका घटनालाई कम गर्न पुरुषहरुको अनिर्वाय सहकार्य हुनुपर्ने सञ्चारकर्मीहरुले औलाएका छन् ।
विभिन्न सञ्चारमाध्यमा आवद्ध सञ्चारकर्मीहरुले महिलामाथि हुने हिंसाका घटनालाई कम गर्न यस सम्बन्धि वास्तविक तथ्याङ्क बाहिर ल्याउन पुरुषहरुको सहकार्य अनिवार्य हुनुपर्ने औलाएका हुन् । उनीहरुले तथ्याङ्कविना संचार माध्यमले यस्ता समस्यालाई तथ्यपरक ढंगबाट बाहिर ल्याउन नसक्ने हुँदा तथ्यपरक ढंगबाट काम अधिकारकर्मीहलाई आग्रह समेत गरेका
काठमाडौंमा आयोजित ‘लैगिंक हिंसामा आधारित तथ्याङ्कगत संवाद’ कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरुले पितृसतात्मक सोच नै महिला हिंसाको कारक तत्व भएको औंल्याए । यसलाई परिवर्तन गर्न सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उनीहरको टिप्पणी छ ।
संकल्प, दलित महिला संघ, मानव अधिकारको लागि महिला एकल महिला समूहले प्रदेश नं २ र ६ मा गरेको संयुक्त अध्ययन अनुसार महिलामाथी घरेलु हिंसा, प्रविधिजन्य हिंसा, बलात्कार, बहुविवाह, बालविवाह, मानव तस्करी लगायतका हिंसा हुने गरेका छन् ।
प्रदेशका आधिकारीक निकायमा दर्ता गरिएका महिला हिंसाका मुद्दाहरुलाई हेर्दा कतिपय ठाउँमा उजुरी नै नपरेको, नयाँ प्रकारको हिंसाको सम्बोधन नभएको, उजुरी गरेका मुद्दाहरुहरुको सुनुवाई नभएको पाईएको अध्ययनकर्ताले बताएका छन् ।
वरिष्ठ पत्रकार निर्मला शर्माले सहजिकरण गरेको कार्यक्रममा महिला अधिकारकर्मी लिली थापाले पछिल्लो समय बदलिँदै गएको हिंसाका स्वरुपहरुबारे अनुसन्धान गर्न आवश्यक रहेको बताइन् । थापाले हिंसा विरुद्ध आवाज उठाउँदा यसले आफूलाई नै फाईदा हुन्छ भन्ने बुझ्न जरुरी रहेको बताइन् ।
समाचारपत्रका सम्पादक कपिल काफ्लेले महिलामाथि हुने हिंसाको कारक तत्व पितृसतात्मक सोच रहेको र त्यो पुरुषमा मात्र नभई महिलामा समेत रहेकोले त्यसलाई हटाउन महिला पुरुष बीच हातेमालो आवश्यक रहेको औल्याए ।
विश्लेषक युग पाठकले महिला हिंसा अन्त्यको लागि अहिलेसम्म गरेका अभियानहरुको पुनर्मुल्यांकन आवश्यक रहेको बताउँदै माथिल्लो तहको संरचनाले अन्त्यका लागि पहल गरे महिला हिंसा अन्त्य हुनसक्ने दावी गरे ।
पत्रकार दिलभुषण पाठकले हिंसा अन्त्यको अभियानलाई साँच्चिकै परिणाममुखी बनाउन सम्पूर्ण क्षेत्रको सहकार्य बलियो हुनुपर्नेमा जोड दिए ।
खोजपत्रकारीता केन्द्रका बावुराम विश्वकर्माले प्रदेश नं २ का ८ जिल्लामा खोज पत्रकारिता केन्द्रले गरेको अध्ययन अनुसार महिला हिंसा १६ गुणाले बढेको जानकारी दिए ।
संचारकर्मी सुमन बस्नेतले महिलामाथिको हिंसामा पुरुषहरु अझै पनि आत्मआलोचित हुन नसकेको भन्दै महिला हिंसा अन्त्यका लागि पुरुषहरुको अनिवार्य सहकार्य हुनुपर्नेमा जोड दिए ।
दलित अनलाइनका सम्पादक तथा सामाजिक अभियन्ता अशोक दर्नालले नेपालमा कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्ने विज्ञ संस्थाको खाँचो औल्याउदै महिलाको सूचनाको हक, स्वतन्त्रताको हकलाई अभियानले एक ठाउँमा जोड्न आवश्यक रहेको बताए ।
Leave a Reply