नेपाली दलित आन्दोलनको समिक्षा गर्दै ‘शिल्पी पहिचान’ नामक पुस्तक एक हप्ता अघि बजारमा आएको छ । दानबहादुर बिक (कोली) र दानबहादुर नेपाली (डीबी) द्धारा लिखित पुस्तक ‘शिल्पी पहिचान’ को समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले गएको शुक्रबार संयुक्त रुपमा विमोचन गरे । समाजवादी पार्टी शिल्पी विशेष प्रदेश समितिको प्रचार प्रसार तथा प्रकाशन बिभागले प्रकाशन गरेको सो पुस्तकमा समावेश शिल्पी समुदायको साँस्कृतिक सम्पदा तथा अनादिकालीन शिल्पसभ्यता एक अंश हामीले प्रकासित गरेका छौं । यसकाे बाँकी अंश हामी अर्को हप्ता प्रकासित गरिने छ ।
“त्यस्तो मानिस जसले आफ्नो सँस्कृति प्रति घृणा उत्पन्न गर्दछ, त्योभन्दा ठृ्लो पापी अरु कोही हुँदैन, त्यस्तो मानिस त मर्नु नै श्रेयस्कर छ ।”—दार्शनिक प्लेटो
“जबसम्म एउटा दासलाई ऊ दास भएर बाँचिरहेको छ भनेर आभाष दिलाउन सकिँदैन,तबसम्म उसले अन्याय सहिरहन्छ । तर, ऊ आफू दास भएको बोध भएकै दिनमा विद्रोह गर्छ ।”– डा. भिमराव अम्बेडकर
“एक भनाइ रहेको छ– (Word is power)शब्द नै शक्ति हो ।”
१) सिन्धुघाँटी र कर्णाली शिल्पसभ्यता एक सिक्काका दुई पाटा
ककेश पर्वत हुँदैं ईसापूर्व १५०० मा भारतीय उपमहाद्धीपमा प्रवेश गरेका आर्यहरुले पहिले नश्लको आधारमा यो क्षेत्रमा बसोबास गर्ने मूलबासी अनार्य द्रविड समुदायहरु माथि विभेदको श्रृखंला लादे । पछिल्लो चरणमा वर्णाश्रम व्यवस्थामा परिणत गरी धार्मिक र राजनैतिक कानूून नै बनाएर संस्थागत गरे(हेमचुरी,२०७६) । विश्वकै पुरानो सभ्यता मध्येमा सिन्धुघाँटीको सभ्यतालाई मानिन्छ । यो सभ्यताको विनाश लगभग १७०० ई.पू.को वरिपरि भएको पाइन्छ । पुरतात्विक उत्खनन् र इतिहासबाट यो सभ्यतालाई करिब ८ हजार वर्ष पुरानो मानिन्छ । यो सभ्यताको विकास अनार्य, द्रविड,शुद्र,शिल्पी जातिले गरेको इतिहासले बताउँछ । दास डि.डि.कोसम्बी का अनुसार शुरुमा दासको प्राचीन अर्थ दानी थियो । पछि वैदिक साहित्यमा दानीको अर्थ गुलाम,सेवक र चाकर बनाइयो । विद्धानहरुका अनुसार दास जाति ऋृवैदिक आर्यका विरोधी थिए,पछि विस्तारै दास आर्यहरुबाट पराजित भए पछि उनीहरुकै सेवा गर्न लागे । यसपछि दास शब्दको अर्थमा पनि परिवर्तन गरियो । दानीबाट गुलाम,सेवक वा चाकरमा बदलियो ।
विद्याधर महाजनका अनुसार सिन्धुघाँटीमा एक शुद्र राज परिवार भएको र चिनियाँ यात्री ह्व्वेनसांंग यात्राको बारेमा उल्लेख गरेका छन् । सिन्धुघाँटीको मूलनिवासी अनार्य द्रविड, शिल्पी जाति नै थिए । पछि आर्यहरुको आक्रमणबाट सभ्यता नष्ट पारिएपछि सबै शिल्पी जातिलाई शुद्रमा परिणत गरिएको थियो ।
आज शुद्रों में शामिल लगभग सभी शिल्पिक जातिओं का अस्तित्व आर्यों के भारत में आने से पूर्व ही सिन्धु देश में था औंर विजेताओं के अनार्य शत्रु होने के कारण उन्हें भी अपनी वर्ण व्यवस्था के चौथो वर्ग में लिया था । वास्तव में ऐसा लगता हैं कि पहले वर्ग यानी सेवा में रत वर्ग(क्भचअष्भि अबिकक) को (बलात सेवक बनाकर) वर्ण–व्यवस्था में मिलाया गया जबकी दूसरे वर्ग यानी शिल्पिक वर्ग की केवल घोषणा भर कर दी कि ये भी अनार्य होने के कारण शुद्र हैं । अर्थात् इनके धन्धों में कोई परिवर्तन नहीं हुआ यथावत पूर्व धन्धे करते रहे ।
प्रसिद्ध विद्धान मजुमदार उक्त विचारों का ही अनुमोदन करते हुए रायबहादुर शरतचंद राय के विचार रखते हैं कि हिन्दू जाति व्यवस्था एक तरफ तो आर्यों की वर्ण व्यवस्था तथा दूसरी तरफ द्रविडों से पूर्व की जनजातियों तथा द्रविडों की धन्धाें पर आधारित वर्ग–व्यवस्था की आपस की प्रतिक्रिया का परिणाम है ।
संक्षेप में कहा जा सकता है कि आज की सेवा में रत जातियों वणिक व शिल्पिक जातियों का जन्म सिन्धु घाँटी के उस वर्ग से हुआ था जो अत्यन्त धनी था व शासक वर्ग था । खेती बाडी से सम्बन्धित जातियां सम्भवतः सिन्धु देश के कृषकों की सन्तान हैं । अनुमानतः वे सम्पूर्ण जातियां देश की कूल जनसंख्या की ९० प्रतिशत भी अधिक हैं और राष्ट्र का सारा उत्पादन यहि कर रहे हैं । भले ही स्वामित्व आर्य जातियों के हाथ मे ही क्यो न हो(२१२) ।
अमरकोशका अनुसार जो शुद्र वर्ग में आते हैं माला बनाने वाले(माली), धोबी, कुम्भकार, ईँंटे पाथने वाले, बुनकर, दर्जी, चित्रकार, हथियार बनाने वाले, चमडे का काम करने वाले (चमार), ठठेर, शंखकार, सुनार, बढई, नाचने–गाने, बजाने वाले । यस पुस्तकको पहिलो अध्यायमा बताइएको छ सिन्धुघाँटी सभ्यता एक शिल्पिक सभ्यता थी तथा उपर्युक्त. शिल्पिक जातियां मूल रुप में सिन्धु देश में निवास करती थीं । वहां पर लोथल तथा चन्हुदाडो जैसी बस्तियां भी थीं जहां शिल्पिक लोग रहते थे तथा वे आज की तरह की उद्योग–नगरियां थी(नवल, सन् २००८:१६७,१७४,१८५,१८६, १९८) ।
सुदूरपश्चिम र कर्णााली क्षेत्रमा मंगोल जातिको प्रवेश भन्दा पहिले हिमालयको दक्षिण काखमा अनार्य द्रविड, शिल्पी जातिकै बसोवास र राजकाज रहेको थियो । प्राचीन खसहरु आर्यमूल(परिवार)कै एक शाखा थिए । उनीहरु मध्ये एशियाबाट भारतको सिन्धु गंगाको मैदान तिर नलागी पहाडै पहाडको बाटो भएर कुमाउँ, गढवाल हुँदै महाकाली नदी तरेर सुदूरपश्चिम र कर्णााली क्षेत्रमा प्रवेश गरेका थिए । पश्चिम र दक्षिण तिरबाट नेपालमा प्रवेश गरेका खसआर्य जातिका मानिसहरुले यस क्षेत्रका अनादिकालीन मूलवासी शिल्पी समुदाय र मंगोल किराँतहरुलाई समेत परास्त गरी स–साना हिन्दू धार्मिक राज्यहरु स्थापना गर्दै आए(विश्वकर्मा,२०५४:१५,१८) ।
इतिहासकारहरुका अनुसार खसहरुको सुदूरपश्चिम र कर्णााली क्षेत्रमा प्रवेशको समय पाँचौ देखि छैटौ शताब्दीलाई मानेका छन् । यसरी सिन्धुघाँटीको विनास पछि अनार्य द्रविड,शुद्र,शिल्पी समुदायले अनादिवासीको रुपमा कर्णाली शिल्पसभ्यताको विकास गरेका थिए । तसर्थ, सिन्धुघाँटीसभ्यता र कर्णाली शिल्पसभ्यता एक सिक्काका दुईपाटा जस्तै हुन् ।
१(क) नेपाल विभिन्न मानव समूहहरुको साझा थलोको रुपमा प्रवेश
नेपालका विभन्न स्थानहरु सुर्खेत, दाङ, देउखुरी, पोखरा, चितवन, नवलपुर, काठमाडौ र सिन्धुलीमाडी उपत्यकामा पहिले पानी भरिएको तलाउको रुपमा रहेका थिए । करिब अढाई लाख वर्ष अगाडि ती तलाउहरुबाट पानी बाहिरिए पछि ती ठाँउहरुमा घाँसपात तथा वनस्पति उम्रिनुको साथै जंगलको रुप लिएपछि जंगली जीवजन्तुहरुको वासस्थानको रुपमा विकास हुन गयो । लगभग ५० देखि ६० हजार वर्ष अघि आदि मानवहरुको विभिन्न समूहहरु घुम्दै यी उपत्यकाहरुमा आइ पुगेका भूगर्भवेत्ताहरु बताउँछन् । आज भन्दा झन्डै दश हजार वर्ष अगाडिसम्म मानव समाज पाषण युगमा रहेका थिए । र, इ.पू. ७ देखि ५ हजार वर्षतिर नवपाषण युगमा मानव जातिले प्रवेश गरेको पाइन्छ ।
यसपछि क्रमशः पशुपालन र कृषि युगको प्रारम्भ भएको तथा पाषण युगका प्रस्तरका हातहतियारमा सुधार ल्याउन थालियो । देशका विभिन्न स्थानहरुमा बज्र ढुङ्गा जो आदि मानवको हतियार हुनु यसको तथ्य प्रमाण हो । विशाल हिमालयको काख यस क्षेत्रमा विभिन्न फरक–फरक समयमा चारैतिरबाट विभिन्न मानव तथा जाति(समूह)हरुको आगमन भएको पाइन्छ । ती जातिहरुमा प्रमुख रुपमा मंगोलियन/किराँतहरु उत्तर,दक्षिणबाट,नेग्रिटोहरु(निग्रो वंशको एक शाखा), आग्नेयहरु र द्रविड(अनार्य शुद्र,शिल्पी)हरु पश्चिमबाट र पश्चिमी बृतमुण्ड पश्चिमबाट नेपालमा प्रवेश गरी साझा थलोको रुपमा बसोवास गर्दै आएका थिए ।
आजका आदिवासी/जनजाति,शिल्पी,खस/आर्य र तराई/मधेशका जातहरु तिनै मानव जातिका वंशजहरु हुन् । ती विभिन्न जातीय समूहहरुको नेपाली समाजमा कूनै न कुनै रुपमा विशिष्ट योगदान रहिआएको छ । जुन दृश्य विविधतामा एकता र एकतामा विविधता नै वर्तमान नेपाल साझा राष्ट्रको रुपमा विकसित भएको हो । विविध राष्ट्रियतालाई समन्वयात्मक रुपमा राज्य सञ्चालन गर्न नसक्दा नेपाली राष्ट्रियता कचल्टिएको छ । नेपालले अझै सम्म साझा भावना, साझा मनोविज्ञान र साझा राष्ट्रियताको रुपमा नेतृत्व गर्ने दूरदर्शी राजनेता नपाउनु दुखद कुरा हो(विश्वकर्मा,२०५४:१४) ।
२) मिश्रित जातीय नश्लका हिमाल/पहाडका शिल्पी समुदाय
जातीय नश्लका हिसाबले पहाडका शिल्पी/दलित समुदाय समेत तीनवटा मिश्रित नश्लको रहेको पाइन्छ–अनार्य द्रविड, मंगोल/किराँत र खस । यी तीन जातीय नश्ल हिमाल/पहाडका शिल्पी समुदायमा छन् भन्ने कुरा जानकारी नहुँदा धेरै अलमलमा पर्ने गरेका छन् । यो अकाट्य तथ्य र वास्तविकतालाई नेपालका लेखक, वुद्धिजीवीहरुले नजर अन्दाज गर्दै आएका छन् । तपस्या गरेको निहँुमा रामले हत्या गरेका“शम्बुक” शुद्र, द्रविड, शिल्पी समुदायका पुर्खा थिए । मनु, राजा जयस्थिति मल्ल र जङ्गबहादुर राणाको समयसम्म जात उकाल्ने र खसाल्ने क्रम तीब्र रूपमा भइरहेको थियो ।
त्यसैगरी पृथ्वीनारायाण शाहले एकीकरणको क्रममा थुप्रै मंगोल किराँतमुलका राजालाई समेत तल्लो जातमा राखेका थिए । सामाजिक–आर्थिक, धार्मिक, शैक्षिक, सम्पति, सत्ता, शक्ति र मानव जीवनयापन माथिका सबै क्षेत्रमा बन्देज र नाकाबन्दी लगाएका थिए । यसबाट पनि पूर्ण रुपमा आफ्नो पकडमा लिन संभव नभएकोले नै शिल्पी समुदाय माथि छुवाछूत र जातीय भेदभाव लादिएको तथ्य बुझ्न कठिन छैन । यसक्रममा शिल्पी समुदायका महिलालाई शासकहरुले अनैतिक सम्बन्ध राखेपछि जन्मिएको शिल्पी समुदायका केही थर खस आर्य सँग मिल्न गयो ।
नेपालका विभिन्न जातिका थर मूलतःस्थान विशेष, काम विशेष, घटना विशेष र अन्य विभिन्न कारणको आधारमा बनेको पाइन्छ । जस्तै–सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय ठाँउ र कामको आधारमा पनि थर कायम भएको छ । अछामको दर्नाबाट दर्नाल थर बन्यो, राजाको सामान देखरेख र भण्डार गर्ने व्यक्ति भण्डारी भए आदि । नेपालमा अहिले लगभग पाँचसय थरहरू अस्तित्वमा छन् । तीमध्ये पचासी प्रतिशत थरहरू श्रीपालीवंशको उदय अवधिभित्र सिर्जना भएको मानिएका छन् ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायाण शाहले काठमाडौ उपत्यकालाई नाकाबन्दी गर्ने सामरिक योजना अनुसार मकवानपुरका राजासँग ससुराली नाता तोडे । नेपाल विजयपछि आफ्नो जेठान मकवानपुरे मगरराजा दिग्वन्धन सेनलाई जिउँदै छालाकाढी मारेर उनका सन्तानलाई जात पतन गरी सार्की जातिमा झारिदिए । मगरबाट सार्की भएका थुप्रै मंगोल÷किँरात मूलका सार्की जातिमा कायम भएका छन्(याख्खाराई, २०५३:१९) । शिल्पी समुदायका धेरैजसो जाति समुदायको कतिपय आफ्नै नश्ल र वंशबाट अहिलेसम्म कायम रहेको मौलिक थरहरू पनि छन् । कतिले भन्ने गर्छन अनार्य द्रविड हिमाल, पहाडका शिल्पी समुदायका पुर्खा होइनन् । त्यसो हो भने रामले हत्या गरेका शंम्बुकलाई शुद्रका पूर्खा कसरी मान्न सकिन्छ ? यदि पुर्खा मान्ने नै हो भने हिमाल, पहाडका शिल्पी समुदाय पनि द्रविड नश्लको रक्त मिश्रण रहेकोमा दुईमत छैन । यसरी हेर्दा हिमाल तथा पहाडका शिल्पीहरू कसैले भनेको जस्तो ठ्याक्कै एउटै खसआर्य नश्लका मात्रै छन भन्नु सरासर झुट र भ्रम हो ।
मुलतः हिमाल तथा पहाडका शिल्पी समुदाय अनार्य द्रविड, मंगोल/किँरात र खस नश्लको मिश्रित जातिहरूबाट विकास भएका छन् । द्रविडहरुलाई अनादिकालीन शिल्पसभ्यताबाट विस्थापित गरिए पछि शुद्र बनाए । शुद्र हुँदै चार वर्णमा विभाजित गरी अछुत बनाए,अछुत पछि उत्पीडित र दलित बनाएका हुन् ।
३) कर्णालीका अनादिकालीन मूलवासी शिल्पी समुदाय
पहिलो आधारः ऐतिहासिक तथ्य प्रमाणः
सिन्धुघाँटी सभ्यताको नष्टपछि अनार्य द्रविड शिल्पी समुदायले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा मूलवासीको रुपमा अनादिकालीन शिल्पसभ्यताको विकास गरेका थिए । यस क्षेत्रमा खसहरु आइपुग्नु भन्दा अघि अविकसित अनादिवासीको रुपमा रहेको विभिन्न इतिहासकार,लेखक र सँस्कृतिविद्धहरुले विभिन्न प्रसंगहरुमा उल्लेख गरेका छन् । शिल्पी को हुन् ? के हुन ? पहिला के थिए ? भन्ने कुराको प्रष्ट रूपमा उल्लेख गर्नुभएको छ । उनीहरूले विकास गरेको शिल्पसभ्यता, शिल्पशास्त्र,प्रस्तर,संस्कार र वैभवपूर्ण गौरवशाली कला संस्कृति र राजकाजको बारेमा जनकलाल शर्माले आफ्नो पुस्तकमा स्पष्टरूपमा उल्लेख गरेका छन् । जसमा भनिएको छ–अनार्य द्रविड(शुद्र, उत्पीडित, शिल्पी)जातिले शिव,विष्णु, कुमार, हनुमान, गणेश(शीतला–अजिमा) आदि अनेक देवदेवी ल्यायो ।
वेदमा कृष्ण इन्द्र विरोधी देखिए पनि पछि उनी आर्यका लागि पृ्ज्य भए । तुलसी, वरपिपल र बेलको पूजा गर्ने, देवताको सामुन्ने धुप हाल्ने, प्रकृतिको पूजा, चन्दन पुष्प देवीदेवतालाई चढाउने,धुप हाल्ने,घडी–घण्टा आदि बाजा बजाउने, नृत्य–सङ्गीत प्रस्तुत गर्ने लगायत संस्कार विधि अनार्य द्रविड,शुद्र,शिल्पीहरूले नै विकास गरेको हुन् । जो वर्तमानमा सीमान्तकृत शिल्पी समुदायका नामले परिचित छन् (शर्मा,२०३९ :४०,४१) ।
पान, सुपारी, नरिवल, सिंदूर आदि जो हाम्रा विभिन्न दैनिक र धार्मिक जीवनमा व्यवहार गरिने चीजहरू छन् । यी सबै जीवनशैली र सांस्कृतिक सम्पदाहरू अनार्य द्रबिड,शिल्पीहरूकै देन हो भन्ने भनाइ छ । यस्तै कतिपय विद्धानहरूले त नागपूजा, शिव, विष्णु तथा ब्रम्हाको पूजा समेत द्रबिड,शिल्पीहरुद्धारा चलाएका संस्कार हुन् भनेका छन् (श्रेष्ठ,२०२८:६७) ।
डा.केशवमान शाक्यका अनुसार कर्णाली क्षेत्रमा रहेका शिल्पी/दलित समुदाय खसहरु आइपुग्नु भन्दा पहिलेका अविकसित अनादिवासीको रूपमा रहेको “नेपालमा बुद्धधर्म र खस जाति” शीर्षकको कार्यपत्रमा उल्लेख गर्नु भएको छ (शाक्य,२०६७ :५) ।
स्मरण रहोस इ.पू.१५०० मा सिन्धुघाँटीमा द्रविड जातिको आफ्नो राज्य थियो । हिमालयको दक्षिणी काख नेपालमा अनार्य द्रविड, शिल्पी जातिको राजा र राज्यहरु रहेको जनकलाल शर्माले आफ्नो पुस्तकमा उल्लेख गरेको पाइन्छ । विभिन्न सत्य तथ्य प्रमाणहले पनि यो कुरालाई पुष्टि गरेको छ(विश्वकर्मा,२०५४:१२) ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा खसआर्यको ठूलो समूहको प्रवेशपछि शिल्पी(दलित) समुदाय आफ्नो थात्थलो, राजकाज, संस्कृति र अनादिकालीन कर्णाली शिल्पसभ्यताबाट विस्थापित भए । यी तथ्यहरुमा–अहिलेसम्म सुदूरपश्चिम र कर्णालीमा शिल्पी समुदायको जातीय नाममा दर्जनौ गढी,किल्ला कोटहरुको नामकरण हुनु,यस क्षेत्रमा ठूला र चर्चित देविदेवता शिल्पी समुदायकै पूर्खाहरुले प्राप्त गर्नु, अनादिकालीन कर्णाली शिल्पसभ्यता,कला र साँस्कृतिक सम्पदा ९६ प्रतिशत भन्दा बढी यीनै समुदायको रहनु, विभिन्न ठाँउमा शिल्पी समुदाय अहिले पनि भूमिपति(मट्या)को रुपमा रहनु, झाँङ्ग्री विद्या र नाचगान कला–सँस्कृति कुमशाल्या(कथित तल्ला जात) जातिहरुको हो भन्ने तथ्य इतिहासविद्धहरुले इतिहासमा उल्लेख गर्नु, विभिन्न बहानामा थुप्रै ठाँउमा शिल्पी समुदायको आमनरसंहार गरिएको इतिहास पाइनु,क्षेत्रगत र ऐतिहासिक निरन्तरताको रुपमा अहिले पनि उनीहरुको देशैभरिमा कर्णालीमा पहिलो ठूलो जनसंख्या रहनु, ऐतिहासिक दस्तावेजहरु र स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाका र जानकारहरुका अनुसार शिल्पी समुदाय कर्णालीका अनादिकालीन मूलवासीको रुपमा रहेको प्रष्ट हुन्छ । यी तथ्य र वस्तुगत आधारहरुले लेखक, इतिहासकारहरुको लेखनमा सत्यता रहेको छ ।
एक चर्चित भनाइ छ–“कुनै जातिको अस्तित्व मेटाउनु छ भने उसको इतिहास र पहिचान मेटाइदिनु पर्छ ।” नेपालका आम शिल्पी समुदायहरु अस्तित्व विहिन हुनुको मुख्य कारण उनीहरुको पहिचान र इतिहास नै मेटाइएको छ । शासक पक्षधर इतिहासकारहरुको बेइमानी र इतिहासलाई उल्टोपाल्टो पार्नले इतिहास मेटाउन झनै ठूलो बल पुगेको छ ।
खस हिन्दू धर्मप्रति श्रद्धा राख्ने भए तापनि जब उनीहरूको प्रवेश उत्तरी(कुमाउँ गढवाल हुँदै सुदूरपश्चिम र कर्णाली)भेकमा हुन गयो । तब आफ्नो कट्टर हिन्दूत्वलाई छाडेर स्थानीय देवीदेवता र धार्मिक परम्परालाई पनि ग्रहण गर्दै आए । पश्चिमी पहाडी भेकमा पूजिँदै आएका मष्ट, भागेश्वर, कालसी, घटाल आदि स्थानीय देवदेवीलाई यहाँ शासन गर्ने खसले पनि आराधना गर्दै आए । यदि यस्तो नहुँदो हो त स्थानीयस्तरमा आफ्नो पकड बलियो बनाउन मुस्किलै हुन्थ्यो । तर, यो पनि हुनु सम्भव छ कि खसको आगमन सँग–सँगै यी देवीदेवताहरू हिन्दू धर्मको घेराभित्र समावेश हुन् आए । अर्थात् प्रकृतिपूजक अनादिवासी अनार्य द्रविड, शिल्पी समुदायलाई हिन्दूकरण गरियो । जसरी किराँतेश्वर पशुपतिनाथलाई हिन्दूकरण गरे जस्तै प्रकृतिपूजक शिल्पी समुदायको देवीदेवता, धार्मिक संस्कार, चालचलन, रीतिविधि, संस्कृति र सभ्यताहरू खसआर्यकरण हुँदै गए । तसर्थ, मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा खसआर्य आउनुपूर्व शिल्पी समुदाय अहिन्दू र प्रकृतिपूजक थिए भन्ने कुरालाई यी तथ्यहरूले घाम जत्तिकै छर्लङ्ग पार्दछ(शर्मा,२०५८:१४, १५) ।
डां.महेश्वर जोशीका अनुसार कर्णालीका डुम(र,कर्णाली प्रदेशका बिटालु बनाइएका,डुम अथवा अनार्य द्रविड, शिल्पीहरु)समुदाय हिमालयको यस भेगमा खसहरु भन्दा पहिले आएका हुन्(कर्णाली प्रदेश सरकार,२०७६:४९) ।
यसरी विभिन्न तथ्य प्रमाणहरुले अनार्य द्रविड, शिल्पी समुदाय कर्णाली प्रदेशमा अनादिकालदेखि मूलवासीको रुपमा रहेको प्रमाणित हुन्छ । उनीहरुले नै त्यस क्षेत्रमा मानवीय सँस्कार, सँस्कृति र सभ्यताको शुरुवात् गरेका थिए । तसर्थ, सीमान्तकृत अनार्य द्रविड, शिल्पी समुदाय कर्णाली प्रदेश र नेपालका अनादिकालीन मूलवासीको रुपमा रहेको प्रमाणित हुन्छ ।
Leave a Reply