अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा पदम विश्वकर्मा विजयी

दलित अनलाईन ५ पुष २०७५, बिहीबार १२:०५

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) उपाध्यक्षमा पदम विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

२०१८–२०२२ को नयाँ कार्यसमितिको निर्वाचन हिजो सम्पन्न भएको छ । अध्यक्षमा गीता खत्री, उपाध्यक्षमा पदम विश्वकर्मा (४० मत) र पुरु सुवेदी (३२ मत), सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा ‘अविनासी’, पुरस्कार समिति अध्यक्षमा डा गोपी उप्रेती तथा सदस्यमा तीर्थराज अधिकारी निर्वाचित हुनुभएको  हाे।

हरेक चार वर्षका लागि हुने कार्यसमितिको निर्वाचनमा दुई जना उपाध्यक्ष पदका लागि मात्र निर्वाचन भएको थियो भने अध्यक्ष लगायतका बाँकी पदका लागि उम्मेदवारहरुको चयन निर्विरोध भएको थियो । उपाध्यक्ष पदका तेस्रा प्रत्यासी वलराम थापाले २३ मत प्राप्त गर्नुभएको थियो ।

अनेसास बोर्ड अफ ट्रस्टी सदस्यहरु संयुक्त राज्य अमेरिका, नेपाल, जापान, अस्ट्रेलिया, कुवेत, इजरायल र म्यानमारमा गरी कूल ६१ जना रहेकामा यस पटकको निर्वाचनमा कूल ५७ मत खसेको थियो । निर्वाचनका लागि मतदानको समय यही डिसेम्बर १५ देखि १८ सम्म राखिएको थियो ।

अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाजकाे निवर्तमान अध्यक्ष  भइसक्नु भएका पदम विश्वकर्मा बोर्ड अफ ट्रष्टीको यस अघि कुशल नेतृत्व आफुले अनेसासमा दिइसकेको बताउँदै अनेसासको पुरस्कार ब्यबस्थित गर्न, अनेसासको भबन निर्माण गर्न, अनेसासलाई डायास्पोरिक र साहित्यमय बनाउन तथा संस्थाको संस्थागत र नीतिगत विकासमा थप योगदान गर्न, केन्द्रीय कार्यसमितिसंग घनिष्ट सम्बन्ध कायम गर्न आफु लागिपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा मेरो योगदान अनेसास कोलोराडो च्याप्टरको सदस्यदेखि अध्यक्ष, केन्द्रीय महासचिव, दुइ कार्यकालका लागि अध्यक्षमा रही विगत लामो समयदेखि समर्पण रहँदै आएको जानकारी गराउँदै बोर्ड अफ ट्रष्टीले अझै फराकिलो ढंगबाट काम गरेर जाने बताउनुभयो ।

नेपालबाहिरका मुलुकमा छरिएका नेपालीहरुका बीच नेपाली भाषासाहित्यको विकासविस्तार गरी नेपाली भाषासाहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्ताबीच जीवन्त राख्ने भावनाले सन् १९९१ मा होमनाथ सुवेदीको संस्थापक अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी सी मा भएको हो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् ।

अनेसासको विधानअनुसार बिओटीले अनेसास केन्द्रीय समितिलाई आवश्यक परामर्श दिनुका साथै केन्द्रका गतिविधिलाई अनुगमनकारी भूमिका निर्वाह गर्ने गर्दछ । बिओटीले अनेसास केन्द्रीय कार्यसमितिसित अनुगमनकारी भूमिकाका साथ सहकार्य गर्ने कुरा नवनिर्वाचित अध्यक्ष गीता खत्रीले जानकारी दिनुभयो । साथै वहाँले केन्द्रमार्फत च्याप्टरहरुसमक्ष पुगी च्याप्टरलाई थप सक्रिय बनाउन निरन्तर लागिरहने साथै बिओटीले अन्य नेपाली संस्थाहरुसित सुमधुर सम्बन्ध विस्तार गर्ने जानकारी गराउनुभयो ।

अनेसासको विधानअनुसार एक हजार अमेरिकी डलर चुक्ता गरेपछि नेपाली भाषासाहित्यलाई माया गर्ने व्यक्तिले बिओटीको सदस्य बन्न सक्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank