अर्जुन दास हत्या प्रकरण : तीन दिनपछि उठ्यो शव

दलित अनलाईन ५ पुष २०७८, सोमबार १८:२२

धनगढी शनिबार कैलालीमा मृत अवस्था फेला परेका अर्जुन दासको शव तीन दिनपछि उठाइएको छ।

जानकी गाउँपालिका–९ का २५ बर्षिय दासको शव परिवारले उठाएका हुन्। उनको शव विभत्स हत्या गरिएको अवस्थामा अमरावति सामुदायिक वनमा फेला परेको थियो। प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ।

उनको हत्या गरिएको र हत्याराहरु अहिलेसम्म नसमातिएको बताउँदै प्रहरी प्रशासनलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ। समितिले ४ बुँदे माग राख्दै संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ। दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्।

दासको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank