दलित प्राथमिक विद्यालयकाे अवस्था विजोग : बोरा बोकेर विद्यालय जान्छन् विद्यार्थी

अशोक पहाडी ६ मंसिर २०७६, शुक्रबार १७:३७

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिकाका विद्यालयमा अझै पनि विद्यार्थी विद्यालयमा बोरा बोकेर पढ् जाने गरेका छन् । विद्यार्थीहरुले बाल कक्षा देखी ५ कक्षासम्म एकै ठाँउमा बसेर पढ्नुपर्ने बाध्यता रहेको छ ।

भवननै नभएको उखुबारीको बीचमा रहेको दलित प्राथमिक विद्यालयको धुलाम्मे चौरमा बसेर पढ्नका लागि विद्यार्थीहरुले घरबाट बोरा बोकेर आउने जाने गरेका हुन् । फतुवा विजयपुर १ सितलपुरमा रहेको सो विद्यालयको अवस्था नाजुक भएपनि नगरपालिकाले कुनै वास्ता नगरेको विद्यालयका प्रधानाध्यापक रामेश्वर महराले बताए ।

विद्यालयको भवनको नाममा रहेको एउटा फुसको घर गत असारमा बाढीले भत्काएको छ । डेस्क बेन्चको नाममा दुई चार थान प्लाष्टिकका कुर्सी मात्र रहेको सो विद्यालयको हाजिरी रजिस्टर समेत प्रधानाध्याक महराले झोलामा हालेर घर लाने ल्याउने गरेका छन् ।

विद्यालयको हाजिरी रजिष्टरमा एक सय जना विद्यार्थी उल्लेख भएपनि पढ्न भने मुस्किलले ५० जना विद्यार्थी आउने गरेको प्रधानाध्यापक महराले बताए । नगरपालिकाले असार यता विद्यालयका शिक्षकलाई तलव नदिएको अवस्थामा विद्यार्थीलाई ‘दिवा खाजा कार्यक्रम’ अन्तर्गत खाजा खुवाउन समेत गाह्रो भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank