पर्यटन दूत बन्ने रवि ओड

दलित अनलाईन १ मंसिर २०७६, आईतवार १९:४०

धनगढी- नेपाल आइडलका रवि ओडलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले शुक्रबार ओडलाई प्रदेशको पर्यटन दूतका रुपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिएकी थिइन् । मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले ओडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको बताइन् ।

आफ्नो कलाकारिताका माध्यमबाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादनहरुको प्रचारप्रसारमा सहयोग पुग्ने उद्देश्यले उनलाई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री भट्टको भनाई थियो ।

पर्यटन दूत नियूक्त भएपछि ओडले सुदूरपश्चिमको पर्यटन प्रवर्दन गर्न भूमिका निर्वाह गर्ने बताए । प्रदेश सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसअघि नै प्रदेश स्तरिय समिति बनाएर कार्य अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank