पुनम परियारकाे दुर्घटना कि हत्या ?

दलित अनलाईन १७ कार्तिक २०७६, आईतवार १८:४८

झापा-हात्तीलाई थापेको धरापमा परेर शनिबार मामा–भान्जाले ज्यान गुमाएको बुद्धशान्ति गाउँपालिकामा आइतबार बिहानै एक महिलाको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिकामा एकपछि अर्काे दुर्घटनाका खबर निरन्तर आइरहँदा स्थानीय चिन्तित बनेका छन् ।

प्रहरीका अनुसार बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पनजिकैको नालीमा लडिरहेको अवस्थामा एक महिलाको शव भेटिएको हो । अन्दाजी ४० वर्षीया स्थानीय पुनम परियारको शव नालीमा लडिरहेको अवस्थामा आइतबार बिहान ९ बजेतिर भेटिएको हो । रातको समयमा दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

आमा राति घर नआएपछि रातको समयमा खोजी गरे पनि नभेटिएको मृतकका छोरा सिनु परियारले बताए । तर रातको समयमा दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने आशंका इलाका प्रहरी कार्यालय बुधबारेले गरे पनि उनको दुर्घटना हो या हत्या भन्ने कुरामा स्थानीयहरुले सरोकार राखेका छन् । सधै त्यहीबाटो भएर हिंडडुल गर्ने परियार दुर्घटनामामा पर्ने नसक्ने धेरैले अनुमान गरेका छन् । राती नै आमालाई सबैतिर खोजी गरेको भन्दै छोराले पनि आमाको कसैबाट नियोजित हत्या गरिएको हो कि भन्ने आशंक गरेका छन् । प्रहरीले भने अनुसान्धन थालिएको भन्दै  अनुसन्धान सकिएपछि मात्र दुर्घटना हो कि हत्या भन्ने कुरामा आपुहरु बौलने बताएका छन् । परिवारले भने उनकाे हत्या हुनसक्ने भन्दै प्रहरीलाई सत्यतथ्य अनुस्नधान र छानविन हुनुपर्ने माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank