दलित–गैरदलितको एउटै घाट : गैरदलित चौधरीको विभेद विरुद्ध संघर्ष

महेश्वर अधिकारी १७ कार्तिक २०७६, आईतवार ११:२२

बारा – तराई–मधेसमा प्रमुख निष्ठाको पर्वको रुपमा मनाईन्छ छठ पर्व। यो पर्वलाई समावेशी पर्व पनि मानिन्छ। छठमा डोम जातिले बनाउने सुपलीदेखि किसानको सुथनीसमेत छठ पर्वका लागि प्रयोग गरिने भएकाले समावेशी पर्व पनि मानिएको हो।
छठ पर्वका प्रयोग गरिने सामाग्रीमा जति समावेशी छ तर घाटमा भने अझैं विभेद कायम छ। जलाशय छेउका घाटमा बनाईने दलित र गैरदलित समुदायको छुट्ट–छुट्टै शिरसोत्ता (मूर्ती) ले विभेदलाई उजागर गरिरहेको हुन्छ।
एउटै पण्डालभित्र दलितले एउटा कुनामा पुजा आरधना गर्छन् भने अर्कोतर्फ गैरदलित समुदायको पुजा चलिरहेको हुन्छ। दलितको पनि छुट्ट–छुट्टै शिरसोत्ता हुने गरेको छ।

 विभेद् हट्दै
बाराको जीतपुरसिमरा–१६ बदाफरमा गतवर्षदेखि एउटै शिरसोत्ता प्रयोगमा ल्याईएको छ। त्यसअघिका दशकौंदेखि तीन वटा शिरसोत्तामा पुजा हुँदै आएको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष बिनोद चौधरीले बताए। ‘थारु–कलवारको एउटा र दलितको दुई वटा शिरसोत्ता थियो,’ छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले भने–‘दलितको पनि दुसात र मुसहर समुदायको दुई वटा थियो।’ छठ घाटमा भएका तीन वटै शिरसोत्ता उखेलेर हटाईएको अध्यक्ष चौधरीले बताए।

चौधरीको विभेद विरुद्ध संघर्ष
सार्वजनिक स्थलमा विभेद हुनुहुँदैन भनेर छठ घाटमा हुने विभेद हटाउन सुरु गरिएको थियो। विगतका वर्षदेखि छठ पुजा व्यवस्थापन समितिको नेतृत्व गर्दै आएका विनोद चौधरीले विभेद विरुद्ध संघर्ष गर्दै आएका थिए। छठघाटमा हुने विभेद विरुद्ध बेला–बेलामा सञ्चारमाध्यममा समाचार प्रकाशन हुँदै आएको थियो। विभेद विरुद्ध केहि दलित अगुवाले आवाज उठाउने गरेका थिए। अध्यक्ष चौधरीले गतवर्षदेखि दृढतापूवर्क अडान लिदै आए। गत वर्ष पण्डालभित्र बसिसकेका गैरदलित महिलाहरुले एकै ठाउँमा बस्न नमानेर भूईमा ओछ्याइएका दरी तानेर लगेको सुनाए। यो वर्षपनि एउटै ठाउँमा पुजाको तयारी गरेपछि अहिले पनि दबाब आईरहेको उनले सुनाए। ‘मलाई मार्न समेत आए,’ अध्यक्ष चौधरी भने– हाम्रो परम्परा विगार्ने भन्दै म विरुद्ध एकजुट भएका थिए। तर मैले अडान लिएँ।’
व्यक्तिगत रुपमा आफ्नो घरमा छुट्टै गर्न सकिन्छ, त्यसमा सबै स्वतन्त्र छन्। तर सार्वजनिक ठाँउमा त्यो सम्भव छैन। एउटैमा पुजा नगर्न समितिलई महिलाहरुले निकै दबाब दिएका थिए।
विभेद हटाउने विषयमा दलित समुदायको विचमा पनि समस्या देखिएको थियो। ‘दुसातले पनि हाम्रो छुट्टै हुन्छ भन्ने, मुसहरले पनि हाम्रो छुट्टै हुन्छ भन्न गरेका थिए,’ गैरदलित समुदायका अध्यक्ष चौधरीले भने–‘तिमिहरुको पनि छुट्टै हुँदैन, हामीहरुको पनि हुँदैन, अब सबै एउटै हुन्छ भनेर अडान लिएपछि परिवर्तन गर्न सकेका छौं।’
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ। तेस्रो दिन दिनभरि व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। चौथो दिनमा बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गरेपछि छठ सम्पन्न हुन्छ। यसपटक शनिबार साँझ अस्ताउँदो सूर्य र आइतबार बिहाउन उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank