विश्व रेकर्ड दिनेश सुनारलाई प्रचण्डबाट प्रमाणपत्र हस्तान्तरण, अमेरिकाज गट ट्यालेण्टमा भाग लिने पहिलो नेपाली खेलाडी

दलित अनलाईन १५ कार्तिक २०७६, शुक्रबार १९:४५

काठमाडौं–गिनिज बुक अफ  वर्ल्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई  वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ ।
राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डकर्ता पार्कर दिनेश सुनारलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
ब्यालेन्स ग्रुप अफ कम्पनीजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनेशलाई प्रमाणपत्र हस्तान्तरण गदै दिनेशलाई विश्वमाज नेपालीहरुको नाम अझै दरिलो गरी चिनाउन विश्वास व्यक्त गरे । प्रचण्डले भने, ‘देशको गौरव वढाउन दिनेश जस्तो व्यक्तिको देशमा खाँचो छ ,तपाईले देशलाई चिनाउन सक्नुहुन्छ । ’

दिनेशले ३० सेकेण्डमा दिनेशले १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेर द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन बालमा रेकर्ड बनाएका हुन् ।

दिनेश अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिका गट ट्यालेन्टका लागि समेत छनोट भएका छन् । अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुन् । यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघले दिनेशलाई मानर्थ सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संघका अध्यक्ष गणेश लाल कक्षपतिले उनलाई मानर्थ सदस्यको प्रमाणपत्र प्रदान गरे । त्यस्तै पूर्व मन्त्री टोपवहादुर रायमाझीले देशका युवालाई सम्वृद्धिमा साथ लिएर अगाडि वढ्नु पर्ने कुरा वताए ।

पार्कर खेल के हो ?
यो पार्कर भन्ने खेल फ्रान्सवाट सुरु भई युवाहरु माझ लोकप्रिय हुँदै गई रहेको देखिन्छ । यो खेल जिम्नास्टिककै अर्को रुप हो भन्दा फरक नपर्ने तर यसमा विना सुरक्षा कवच जुनसुकै ठाउँमा पनि खेलिने रहेछ । यो खेलको विकास पहिलो विश्वयुद्ध ताका फ्रान्सका एकजना सैनिकले अफ्रिकाको एउटा आदिवासी समूहले गरेको देखेपछि त्यसलाई सेनाले गर्ने विभिन्न फिजिकल अभ्यासहरुमा समाहित गरेर विकास गरेको देखिन्छ । यो खेलमा खेलाडीले उफ्रिने, वाङ्घिने र उफ्रिदा रोलिङ गर्ने त्यो रोलिङ जति धेरै गर्यो त्यति राम्रो मानिने रहेछ । खोटाङ्घको भीर पाखामा यत्तिकै उफ्रिने ठिटोलाई सशस्त्र प्रहरीका पूर्व महानिरिक्षक सनतवहादुर वस्नेत जो आफै पनि खोटाङ्घे हुनुले दिनेशलाई सशस्त्र प्रहरी बलमै जागिर दिएर उसको खेलको सीपलाई अझ निखार्ने अवसर दिलाएका रहेछन् । यसरी निखार्दै गई सकेपछि दिनेशले वल्र्ड वुक अफ गिनिज रेकर्डमा आफ्नो नाम पनि लेखाउन सफल भएका रहेछन् । उनी भन्दा अघिको विश्व कीर्तिमानमा चौधपटक क्लिप गरेको रहेछ भने दिनेशले १८ पटक गरेर सो कीर्तिमानलाई तोडेका रहेछन् । उनको सफलता यत्तिमा मात्रै टुंगिएको छैन । विश्व प्रसिद्ध अमेरिकी रियालिटि टेलिभिजन शो अमेरिकाज गट ट्यालेन्टको जज राउण्डमा पनि उनी छनौट भई अमेरिकामा अर्को अडिशनको लागि जाँदै रहेछन् । संभवतः संसार प्रसिद्ध उक्त कार्यक्रममा नेपालवाट प्रतिनिधित्व गर्ने उनी पहिलो हुनु पर्छ । यदि उनी अडिशन राउण्डमा सफल भए भने गाला राउण्डवाट संसार प्रसिद्ध हुने अवसर प्राप्त गर्ने छन् । उनको अर्को ठूलो सपना हलिउडको चलचित्र क्षेत्रमा प्रवेश गर्ने रहेको छ । यदि अमेरिका गट ट्यालेन्टमा सफल भए भने त्यहाँ पनि प्रवेश नपाउलान भन्ने छैन । यसका लागि उनलाई अग्रीम वधाई । सशस्त्र प्रहरी वलवाट राजीनामा गरिसकेका दिनेशलाई हाल व्यालेन्स मिडिया ग्रुपले प्रायोजन र सहयोग गरिरहेको रहेछ । विकट जिल्लाका यी दलित युवाको प्रगति आफैमा सराहनीय छ तर यसमा सम्वन्धित निकायको निरन्तर सहयोग र प्रोत्साहन भएन भने विलिन हुन पनि सक्ने हुंँदा सम्वन्धित सवैले उनलाई प्रोत्साहन र सहयोग गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank