दलित आन्दोलनको समिक्षा : समुदायले के पाए ?

रवि सेन्चुरी १७ असार २०७७, बुधबार ११:२०

यतिबेला कोरोना भाइरसका कारण मानव समुदायको जनजीवन अस्तव्यस्त भएको छ । अहिले समाजिक, आर्थिक, राजनैतिक, जीवनहरु प्रभावित भएका मात्र छैनन कि दैनिक जीवनमा दिनप्रतिदिन जटिलताहरु थपिदै छन् । यो समयमा मानव समुदाय आफ्नो अस्तित्व रक्षाका निम्ति सघर्षरत गरिरहेको छ । मानवले जीवनको सघर्ष गरिरहर्दा समाजमा जातीय आधारमा घटिरहेका हत्याहिंसाले दलित समुदाय कोरोना माहामारीसँगै मनुवादी जातीय विभेदले थप पिडित बनेका छन् । कोरोना माहामारीको यस विपतकालिन समयमा आफ्नो जीवन रक्षाको सघर्ष गरिरहनु पर्ने बेलामा दलित समुदाय न्यायका निम्ति सडक आन्दोलनमा आउन बाध्य छन् । यतिबेला दलित समुदायले जातीय आधारमा हुने हत्याहिसांको विरुद्धमा, रुकुम नरसंहारका पिडित, अंगिरा पासि र शम्भु सदाहरुलाई न्याय दिलाउन सडकमा विगत एक महिनादेखि आन्दोलनरत छन् । न्यायका निम्ति सडक आन्दोलन गरिरहर्दा अब हामीले दलित समुदाय अझै कतिन्जेल जातिय विभेद र हत्याहिंसाको शिकार हुनु पर्ने हो । राज्य, राजनैतिक दल लगायत अन्य समुदाय किन यस विषयमा मौन ? किन जातीय विभेदविरुद्धको मुद्दा अरु समुदायको साझ मुद्दा बन्न सकेन ? दलित समुदायको पिडा अरु समुदायका निम्ति किन साझा पिडा बन्न सक्दैन ? अब यस्ता प्रश्नको खोजी गर्ने सँगै दलित आन्दोलनको समिक्षा गर्ने बेला भएको छ । दलित आन्दोलनको समिक्षा भित्र अग्रजलाई सम्मान गदै प्राप्त उपलब्धिलाई सस्थागत गदै, हाम्रा उपलब्धि के रहे ? के कति कम्जोरी भए ?अब गर्नु पर्ने हामीले के हो ? गम्भिर बहस सहित समिक्षा गरी भावी रणनीतिक योजनाको खाका कोर्नु आवश्यक छ ।
नेपालको सबै भन्दा पुरानो आन्दोलनहरुमाध्ये दलित आन्दोलन जेठो आन्दोलन हो । धेरै दलित नेताहरुको बलिदान, सघर्ष, त्यागले स्थापित भएको यो दलित आन्दोलन किन दिनप्रतिदिन यति निरिह बन्दै छ । दलित आन्दोलनभन्दा धेरै पछि सुरु भएका समाजिक र राजनैतिक आन्दोलहरुले राणा शासन ढले, पञ्च्यत ढले, जनयुद्ध भए, राजतन्त्र ढलेर गणतन्त्र स्थापना भए तर दलित मुद्दा ज्युकात्यही रहे । आजका दिनसम्म आइपुग्र्दा महिला, जनजाति र मधेस आन्दोलन भए र उनीहरुले आन्दोलनका माध्यमबाट आफ्ना मुद्दा र अस्तित्वलाई स्थापित गरे । तर दलित आन्दोलनले लामो कालखण्ड पार गरेता पनि किन यसले आफ्नो छुट्टै पहिचान निमार्ण र उपलब्धिहरु स्थापना गर्न सकेन । किन यसले समाजिक सँरचनालाई चुनौती दिन सकेन ।
दलित आन्दोलनको इतिहासले लामो कालखण्ड पार गरिसक्र्दा पनि किन मुद्दा सधै ओझेलमा पर्छ । समतामुलक आन्दोलनको जगमा ठुलठुला समाजिक, राजनैतिक परिवर्तन हुर्दा पनि किन जातीय आधारित हत्याहिंसा रोकिन्न । नेपाली समाजमा दैनिक रुपमा जातीय आधारमा हत्याहिंसा, विभेद्धका घटना नेपाली समाजमा जातीय आधारमा निर्मित चेतना, विचार र दृष्टिकोणमा परिवर्तन नआएको देखिन्छ । जनयुद्धको आधार क्षेत्रमा, जातीय छुवाछुत मुक्त जिल्लामा जातीय आधारमा नवराज विक र उनका साथीहरुको नरसंहारको घटनाले हाम्रो समाजमा गडेररहेको मनुवादी जात व्यवस्थालाई पुन एक पटक सतहमा ल्याइदिएको छ । यस घटनाले जनयुद्धले जातीय व्यवस्थालाई दवाएको रहेछ तर परिवर्तन गर्न नसकेको देखिन्छ ।

जातीय आधारित घटनाको तथ्याङ्कलाई हेर्दा निकै नै पिडादायिक, मानसिक अवस्था नै खलबलिने तथ्याङ्कहरुको चाङ्ग रहेका छन् । यस्ता घटनाहरुले गणतान्त्रिक नेपाललाई गिजाइरहेको छ । आज तीन तहमा निवाचित जनप्रतिनिधि हुँदाहुँदै पनि किन दलितहरु विभेद्ध शिकार हुँदै छन् । किन राज्य जातीय आधारमा हुने विभेदका घटनामा यति लाचार र निरहि ?

नाबालिका अंगिरा पासिलाई समाजका केही जानेसुने भन्ने व्यक्तिले नै बलत्कारीसँग विहे गरिदिने आँट गर्छन, अन्तिमा उनको हत्याको हुन्छ । त्यस्तै शम्भु सदा प्रहरी हिरासतमा झन्डिएको अवस्थामा मृतक भेटिन्छन् । अजित मिजारको शव न्यायका निम्ति ४ वर्षदेखि शिक्षण अस्पतालको शवगृहमा न्याय कुरेर बसिरहेको छ । के दलित समुदायहरुले सधै न्याय कुर्नुपर्ने हो ? धारो कुवा, ढोका छोएको नाममा दलित समुदायहरु कुटिनु पर्ने अवस्था छ । अझै पनि समाजमा दलित तथा गैरदलितबीच पानी र नानीबीच ठुलो जातीय पर्खाल खडा गरिएको छ । जातीय आधारित घटनाको तथ्याङ्कलाई हेर्दा निकै नै पिडादायिक, मानसिक अवस्था नै खलबलिने तथ्याङ्कहरुको चाङ्ग रहेका छन् । यस्ता घटनाहरुले गणतान्त्रिक नेपाललाई गिजाइरहेको छ । आज तीन तहमा निवाचित जनप्रतिनिधि हुँदाहुँदै पनि किन दलितहरु विभेद्ध शिकार हुँदै छन् । किन राज्य जातीय आधारमा हुने विभेदका घटनामा यति लाचार र निरहि ?
आज विश्वले अन्तरिक्ष, आर्टिफिसियल इन्टेलिजेन्टलगायत नयाँ नयाँ खोज अनुसन्धान र विज्ञान प्रविधिमा प्रतिस्पर्धा गरिरहर्दा नेपालमा भने दलित समुदाय मानिस हुनका निम्ति सडकमा आन्दोलन गर्न बाध्य छन् । समाजमा जब जातीय घटना घट्छ हामी सडकमा आउँछौ, फेरी घटना घट्छ फेरी आन्दोलनमा आउँछौ । अब कतिन्जेल यसरी दलित समुदायहरु सडकमा आउने । अझै कति पुस्ताहरुले आफ्ना सृजना, उर्जाशिल समय खेर फ्याल्ने । यस तर्फ पनि ध्यान दिन आवश्यकता छ । जातीय आधारमा समाजमा विभेद, हत्याहिंसा भैरहन्छ, दलित मारिएका छन् । कहिलेसम्म यस्तो अपराध सहेर बस्ने । किन यस्ता घटना घट्छन, अझै समाज किन रुपान्तित हुन सकेन । किन हामीले जातीय कुसंस्कार बारे बुझाउन सकेनौ, यस विषयमा विभिन्न निकायलाई जिम्मेवार बनाउन सकेनौ । खोज अनुसन्धान गर्न आवश्यक छ । आज हामीले मैले यति देखि दलित आन्दोलन गरे, मेरो पार्टीले यो गरे, हामीले यो ग¥यो भन्नेसँग एउटै प्रश्न गर्नु पने बेला आएको छ, अझै पनि अजित मिजार, नवराव विक किन मारिन्छन् । अंगिरा पासिलाई किन बलत्कारीसगँ समाजले विहे गर्ने आँट गर्छ । शम्भु सदालाई किन प्रहरी चौकीमा किन झुन्याइन्छ ?
आजका दिनसम्म राज्य, राजनैतिक दल, नागरिक समाज, पत्रकार, लेखक, प्रोफेसर लगायतका भुमिका के कस्तो भनेर मुल्यङ्कन हुन जरुरी छ । अबको दलित आन्दोलनले आफ्नो माग र उद्देशप्रति सहमति गराएर आफ्नो अभियानमा हिडाउन सक्नु पर्छ । यसका लागि जातीय व्यवस्था मान्ने वा जातीय व्यवस्था विरुद्ध लड्ने, को कहाँ पर्छ भनेर कित्ताकाट गरी हामी स्पष्ट हुन जरुरी छ ।
जातीय आधारतमा हुने घटनाहरुले हाम्रो दलित आन्दोललाई प्रश्न गरिरहेको छ । आखिर अहिलेसम्म हामीले कस्तो आन्दोलन ग¥यो । आन्दोलनले समाजमा कस्तो रुपान्तरण गरेको रहेछ त । यो आन्दोलनले कोही व्यक्तिलाई नेता बनायो होला । केहिले गैरसरकारी क्षेत्रमा जागिर खाए होलान । केहि वर्गलाई लाभ दियो होला तर समग्रमा दलित समुदायले के पाए । आज पनि २००७ साल भन्दा डरलाग्दो रुपमा जातीय व्यवस्था रहेको छ । जुन व्यवस्थाले हरके दिन हरेका क्षेत्रमा दलित समुदायलाई घाइते बनाइरहेको छ । यस्तो बेलामा हामी अब एक जुट भएर समाजिक साँस्कृति र राजनैतिक रुपान्तरण निम्ति हरेक ठाउँबाट आन्दोलन गर्न आवश्यक छ । विश्वविद्यालयमा दलित बारे अध्ययान अनुसन्धान हुन आवश्यक छ । अब हरेक राजनैतिक दलका प्रमुख मुद्दा बनाई गाउँ गाउँमा चेतना फेलाउन जरुरी छ । जसले जातीय विभेद गर्छ त्यसलाई समाजिक बहिस्कार गर्न सक्नुपर्छ साथै कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा सजायको व्यवस्था गर्नु पर्छ । सब भन्दा महत्वपुर्ण विषय मानिसमा रहेको पुरातनवादी चेतना परिवर्तन गर्नुृ आवश्यक छ । त्यसका लागि साँस्कृतिक आन्दोनको सुरुवात गर्न सक्नुपर्छ । त्यसका लागि हामी तर्कसंगत रुपमा निरन्तर बहस गर्न आवश्यक छ । राज्य र अन्य सबैलाई यस मुद्दाप्रति जिम्मेवारी बनाउन आवश्यक छ । जबसम्म हामी सबै आ–आफ्नो ठाउँबाट लड्न सक्देनौ, तबसम्म यो जातीय व्यवस्थाले समाजमा कालो धब्बा बनेर रहिरहने छ । र नवराज, अगिंरा, अगित जस्ता युवाहरुले बलि चढिरहनु पर्छ । हामी यो जातीय विभेदको कुसंस्कार हाम्रा पुस्तामा पुस्तान्तर गदै जाने कि यसलाई भत्काउने । अब हामीले समयमा समिक्षा गर्न सकेनौ भने हामी र आउने पुस्ताहरुले समतामुलक समाज, समाजिक न्याय भन्दै आफ्नो महत्वपुर्ण जीवन यसैमा सक्ने सम्भावना देखिन्छ । अबको आन्दोलन कुनै घटना घटे पछि न्यायको निम्ति सडकमा गएर आन्दोलन गरेर यो रुपान्तरण हुन सक्दैन । त्यसका निम्ति अब नयाँ आन्दोलनको सुरुवात गर्न सक्नुपर्छ जसले मानिसको चेतना साथै हरेक क्षेत्रमा दलित समुदायको समानुपातिक रुपमा सहभागिता गराउन सकोस ,त्यो नै राजनैतिक र प्राज्ञिक आन्दोलन बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank