बोक्सी लागेको भन्दै बबिता दर्जीलाई यातना दिने दुई पक्राउ

दलित अनलाईन २१ भाद्र २०७६, शनिबार १५:२९

भद्रपुर (झापा) बोक्सी लागेको भन्दै महिलालाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कनकाई नगरपालिका–२ जामुनबारीकी एक युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएको आरोपमा सोही ठाउँकी ४० वर्षीया शान्ता बुढाथोकी र २१ वर्षीय दिनेश दर्जीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार २२ वर्षीया बबिता दर्जीलाई बोक्सी लागेको भन्दै बुढाथोकी र दर्जीले तातो पुन्यूले डामेर घाइते बनाएका छन्। उनीहरूले बोक्सी लागेको भन्दै झार फुकको नाममा पित्तलको पुन्यू अगेनामा तताएर बायाँ गाला र दाहिने हातमा डामेका थिए। बबिता सामान्य ज्वरो आएपछि झारफुकका लागि बुढाथोकीको घरमा पुगेकी थिइन्। बुढाथोकीको घरमै यस्तो घटना भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। बुढाथोकी र दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शुक्रबार राति पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय)ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank