सिनो बहिष्कार गर्ने चमार समुदायकाे सामूहिक घोषणा

क्रान्ति शाह १४ भाद्र २०७६, शनिबार १९:३८

वीरगन्ज- बाराको बरियारपुरमा आगामी मंसिरमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा बलि चढाइने राँगा र पाडाको सिनो चमार(दलित) समुदायले बहिष्कार गर्ने भएका छन्। बाराको महागढीमाई नगरपालिकासिथत बरियारमा रहेको गढीमाई मन्दिरमा हरेक ५ वर्षमा मेला लाग्ने गर्छ। यस मेलामा हजारौंको संख्यामा राँगा र पडाको बलि दिइने गरिन्छ। बलि चढाएका राँगा र पाडाको मासु व्यवस्थापन गर्न मेला समितिले ठेक्का लगाउँछ।

ठेकेदारले बलि चढाइएको २४ घण्टाभित्र ओसारेर मासु उद्योगमा लाने गरेका छन्। त्यसपछि बाँकी रहने मासु चमार समुदायका व्यक्तिले घरमा लगेर खाने गर्छन।
बलिमा चढाइएका राँगा पाडाको मासु, दलित चमार जातिले परापूर्वकालदेखि प्रसाद भन्दै खाने परम्परा पनि छ। यसपाली भने बलि चढाइने राँगा, पाडाको सिनो बहिष्कार गर्ने भनी चमार समुदायले सामूहिक रुपमै घोषणा गरेका छन्।

बाराको परवानीपुर गाँउपालिकाको चैनपुरमा शनिबार भेला भएका बारा र पर्साका चमार जातिका अगुवाले सिनो नखाने जानकारी गराएका हुन्। उनीहरुले सिनो बहिष्कारका लागि बारा र पर्सामा अभियान पनि घोषणा गरेका छन्। यसका लागि उनीहरुले दशरथ चमार रामको अध्यक्षतामा सिनो बहिष्कार अभियान समिति पनि गठन गरेका छन्।

समितिले बारा र पर्साका हरेक चमार बस्तीमा पुगेर सिनो बहिष्कारका लागि अपिल गर्ने अभियानका अध्यक्ष दशरथ रामले जानकारी दिए। चमार जातिको आत्मसम्मानका लागि गढीमाइ मेलाको सिनो बहिष्कार गर्ने निर्णय गरिएको सिनो बहिष्कार अभियानका सचिव राजनारायण चमार रामले बताए।

सिनो खादा रोग पनि लाग्न सक्ने र चमार जातिलाई हेयको दृष्टिकोणबाट हेरिने भएकाले यो अभियान चलाउन लागिएको भेलामा सहभागीहरुले बताएका छन्।
यसअघि गढीमाई मेलामा पनि सिनो बहिष्कार अभियान चलाउँदै आएको जानकारी दिदै अभियानका सचिव राजनारायण रामले भने, ‘२०६६ साल र २०७१ सालको मेलामा पनि हामीले सिनो बहिष्कार अभियान चलाएका थियौं , त्यसबेला मेला समितिले चमार जातिलाई भड्काउने काम ग¥यो सोचेजति सफल हुन सकेनौं’। यसपटक जोडतोडसाथ अभियान चलाएर सफल पूर्ण सफल बनाउने उनले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank