न्याय दिलाउन गएकी दलित जनप्रतिनिधि उल्टो कुटिइन्

दलित अनलाईन २८ श्रावण २०७६, मंगलवार २१:५९

काठमाडौं– जन निर्वाचित दलित महिला स्थानीय गैर दलितबाट कुटिएकी छिन् ।
दोलखा मेलुङ गाउँपालिका वडा नं. २ की निर्वाचित महिला सदस्य ईश्वरी अछामी गत शुक्रवार राती कुटिएकी हुन । दोलखा जिल्लामै खुलातर्फ वडा सदस्य पदमा विजयी हुने एकमात्र दलित समुदायकी वडा सदस्य अछामी हुन । साउन २४ गते रातको समयमा मेलुङ गाउँपालिका वडा नं.४ का कुमार मोक्तानले स्थानीय ओमबहादुर बुढाथोकीको घरमा आई छाडा अश्लिल अपशब्दहरु वोली ओमबहादुर बुढाथोकीको श्रीमती गोमा बुढाथोकी र पाहुना समेतलाई कुटपिट गरेका थिए । ओमबहादुर बुढाथोकीको घरमा भएको धनमालको क्षेति गरेको भनी ओम बहादुर  बुढाथोकी र निजको श्रीमतीले रातको १२ वजेको समयको अछामीको घरमा गई नोक्सान भएको धनमाल हेर्न र न्याय दिलाई दिन वडा सदस्य ईश्वरी अछामी उनीहरुले आग्रह गरे अनुसार नै रातकै समयमा पीडितहरुको घर जाँदै गर्दा बाटोमा नै अछामीमाथि कुटपिट गरेका थिए । कुमार मोक्तानसँग आएका अन्य थप पाँच जनाले समेत वडा सदस्य अछामीमाथि कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank