आरक्षण बचाऔं आन्दोलनका १९जना पक्राउ

दलित अनलाईन २६ श्रावण २०७६, आईतवार १५:१२

काठमाडौ – आरक्षण बचाऔं आन्दोलनका १९ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । गोविन्द छन्त्याल, भक्त  विश्वकर्मा ,कुमार लिंदेन, दलमर्दन कामी खगेन्द्र माखिम सुखवीर थामी सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव,राकेश राई ,सि एन थारू कल्पना सुनार, उस्पार सुनार,थाङ्साङ लावती ,वाङ्जु तामाङ ,जयनकुमार मोक्तान ,रमेश थापा मगर ,लक्ष्मी थापा र महेश अधिकारी १९ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।


आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विगत दुई महिनादेखि विरोध प्रर्दशन गदै आइरहेका छन ।आरक्षण बचाऔ आन्दोलनले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिदै चोथौं चरणको आन्दोलन स्वरुप आन्दोलनमा उत्रिएका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank