दलित बालिकाको बलात्कार पछि हत्या

रमित वि.क १० श्रावण २०७६, शुक्रबार १४:०५

बाजुरा– बाजुरा घर भएकी एक बालिकाको बलत्कार प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ । भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । ती बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो । उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन् ।
गत शुक्रबार पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयास पछि हत्या भएको भारतस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारले टेलिफोनमार्फत बताएका छन् । उनको भारतीय नागरिक बसिम अहमद (सनु) ले हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
हत्यामा संलग्नलाई भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ। बुवा देव चँदारा त्यही घरमा चौकीदारी गर्दै आएका थिए भने आमाले त्यही घरमा बसिम अहमदले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन् । शुक्रबार दिउँसो पौने १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए । छोरी अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए,अस्पताल पुग्ने वितिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।
छोरीको हत्या भएको खबर पाएपछि भारतस्थित विभिन्न नेपाली संघ, संस्था र बालिकाका बुवाले ले नेपाली राजदूतावाससँग सहयोग मागेका थिए । अन्य नेपालीहरुको सहयोगमा प्रहरी कहाँ मुद्दा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्र बहादुर सिंहले बताएका छन् । बालिकाको आइतबार पोष्टमार्टम पछि दाहसंस्कार गरिएको बताइएको छ ।
भारतस्थित दूतावासमा कार्यरत एसएसपी अधिकारका अनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमदले बलात्कार प्रयास पछि हत्या गरेको बताएका छन्। बलात्कार गर्न खोजेको र नमान्दा घाँटी च्यापेर हत्या गरेको अहमदले प्रहरी समक्ष स्वीकार गरेको जनाइएको छ । पोष्टमार्टम गर्दा घाटीमा औला अट्काइएको छाप र गुप्ताङ्ग वरपर बलात्कार प्रयास गरिएको प्रमाण भेटिएको अधिकारीले बताए । भारतीय प्रहरीले बसिम अहमद हत्या र जवरजस्ती करणी दुवै मुद्दा चलाएको छ ।
दुईसाता अघि पनि डोटी घर भएकी १४ की सीता नेपाली (नाम परिवर्तन) को पनि भारतको नयाँ दिल्लीमा आफूले काम गर्ने साहुको छोराले बलात्कार गरेको खुलेको छ । दिल्ली पुलिसमा कार्यरत दलबीर सिंहका छोरा ३३ वर्षीय पंकज सिंहले ३० जून २०१९ को दिनको १ बजे बलात्कार गरेका थिए । पंकज विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् । बालिका बलाकृत भएको प्रमाणित भए पछि पीडक प्रहरी नियन्त्रणमा रहेको एसएसपी अधिकारीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank