आरक्षण बचाऔं आन्दोलन किन न्युटल ?

अमर बराईली ५ श्रावण २०७६, आईतवार १३:२६

नेपालीमा एउटा ऊखान छ, ताख परे तिवारी नत्र गोतामे । यसमा दुईवटा पाटा छन् जसमा आफ्नो धरातल र स्वार्थ यी दुई मध्ये मानिसले सर्वप्रथम धरातल भन्दा स्वार्थ नै रोज्छ होला । मैले सन्दर्भ जोड्न खोजेको आरक्षण बचाऊ आन्दोलनमा किन डराउँदैछन राजनैतिक दलका दलित नेता । यस बिषयलाई प्रसंगबस यहाँ जोड्न खाजेको मात्र हुँ । लोकसेवा आयोगले ९१६१ विज्ञापन खुलायो त्यस बिज्ञापनमा नेपालको संबिधानले जारी गरेको समावेशीतालाई आयोगले लात हानेको छ । यस बिषयमा सम्वैधानिक परिषद्ले समेत बैठक बसी बिज्ञापन खारेज गर्न परिपत्र गरिदा पनि खारेज गरिएन । हुँदाहुँदै सर्वोच्च अदालतमा रिट समेत प¥यो । अन्ततः सर्वोच्च अदालतले रिट खारेज गर्दै तत्काललाई रद्द नगर्ने आदेश ग¥यो ।
सायद नेलशन मण्डेला, भिमराव अम्डेकर जस्ता नेता ,दक्षिण अफ्रिकाको काला जातिहरूको आन्दोलन यी आन्दोलनहरूमा तत्कालिन नेताहरू डटेर आ आफ्नो बर्गको अधिकार स्थापना गराएरै छाडे । शायद उनीहरू न्युटल बसेको भए आज सन्ततिहरूले अधिकार पाएका हुदैनथे होलान । आफ्नो स्वार्थलाई त्यागेर आन्दोलन गरे सो आन्दोलने ऐतिहासिकता पार गर्दै आज बिश्वभर चर्चामा रहेको छ । तर नेपालका राजनैतिक दलका दलित नेताले खोही त कुरा बुझेको ?
आरक्षण बचार्औ आन्दोलनमा जनजाति ,अपा्ङता भएकाहरू,दलित ,आदिबासी लगायतले बिज्ञापन खारेज गराउन आन्दोलन जारी राखेका छन् । राजधानी केन्द्रित र जिल्ला जिल्लाबाट आन्दोलन चलिरहेको छ । उक्त आन्दोलनमा राजनैतिक दलका केन्द्र देखि जिल्ला र स्थानिय तहका राजनैतिक दलका दलित नेताहरू देखिएका छैनन् । जसमा सत्ता पक्षका दलित नेताहरू खुट्टा कमाउदै कोठाभित्रमा नै सिमित रहेको आन्दोलनको उपस्थितिले देखाएको । वहाँहरूले आफ्नो जाति ,बर्ग र सिँगो समुदायको धरातललाई नै बेवस्ता गरिरहनु भएको छ,किन यसो गरिदैछ रु यो बुझ्न नसकेको बिषय तर हाम्रो बुझाईमा सत्ताको बिपक्षमा आन्दोलन गर्दा पाटीको हैसियत र कुर्र्सी जाने डरले उक्त आन्दोलनमा साथ समर्थन नभएको हो कि भन्ने आशंका गर्ने प्रशस्त आधारहरू रहेको आंकलन गर्न सकिन्छ । म प्रश्न गर्न चाहन्छु ,तपाई के गैरदलित हो र आन्दोलनलाई समर्थन नगर्नु भएको रु निर्णायक आन्दोलन तपाईका लाला बाला र सन्ततिको लागि हो कि होईन ?

राजधानी केन्द्रित र जिल्ला जिल्लाबाट आन्दोलन चलिरहेको छ । उक्त आन्दोलनमा राजनैतिक दलका केन्द्र देखि जिल्ला र स्थानिय तहका राजनैतिक दलका दलित नेताहरू देखिएका छैनन् ।

राजधानीमा त्यति विशाल आन्दोलन , १४ वटै लोकसेवा घेराउ आन्दोलन भए तर राजनैतिक दलका नेताज्युहरूको खासै उपस्थिति देखिएन । म प्रश्न गर्न चाहन्छु ,तपाईहरूको मन ढुङ्गा नै हो । एकपटक तपाईका छोरा छोरीहरूतिर फर्किएर हेर्नुहोस् । उनीहरूको भविष्यलाई हेर्नुहोस कतै आफ्नो खुट्टामा बञ्चरो हानिरहनु भएको त छैन ?
अहिलेको आरक्षण बचाऔं आन्दोलन दलित संघसंस्थाहरूले नेतृत्व गरी दलित समुदायको शाखलाई बचाईरहेको छ र दलित मिडियाकर्र्मीहरू लागिरहनु भएको छ । हामी सम्पुर्ण दलित समुदायहरूको साथ र समर्थन एकबद्वता रहेको छ । हामी मोफसलबाट लागिरहेका छौँ ।

राजनैतिक दलका दलित नेता ज्युहरू अब उठ्नुस । राजनैतिक दलभन्दा एक कदम अगाडी बढ्नुस् । तपाईको योग्यता ,क्षमता, नैतिकता ,अनुशासन छ भने तपाईले राजनैतिक दल खोज्ने होईन राजनैतिक दलले तपाईलाई खोज्नेछ । आउनुस् सडकमा सर्बप्रथम तपाई आफ्नै छोरा छोरी भावी सन्ततिहरूको भविष्यलाई सोच्नुस् । अनि ६० लाख दलित समुदायको भविष्यलाई पनि हेर्नुस् । तपाई आफु आन्दोलनदेखि भागेको र स्वार्थ राखेको ,ईतिहासले देखाउँछ र तपाईलाई धिकार्ने छन् । त्यसकारण अझै बिग्रिएको केही छैन । आरक्षणले तपाईलाई पर्खेर बसेको छ । आउनुस् आफ्नो आन्दोलनमा नेतृत्व गर्नुहोस् । आ आफ्ना राजनैतिक दललाई भनिदिनुहोस् । करबाही गर तर आफ्नो जातिको अधिकार लिनको लागि म कुनै कसर बाँकी राख्ने छैन । आरक्षणलाई जीवित राखेर पर्खनेछु ।
फलाम तातिएको बेला मात्र त्यसलाई बिभिन्न आकार दिन सकिन्छ भनेझै अहिले आरक्षण बचाऔं आन्दोलन तातिएको बेला सबैको साथ र समर्थन भयो भने मात्र त्यसले सार्थकता र उपलब्धि हासिल गर्ने भएकाले आउँ हामी सबै लागाैं ,सरकारलाई घुँडा टेकाई गुम्न लागेको आरक्षणलाई बचाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank