यस्तो देखियो माइतीघरमा लोकसेवा विज्ञापनविरुद्धकाे प्रर्दशन (फोटो फिचर)

दलित अनलाईन साउन १, २०७६

काठमाडौ– समानुपातिक,समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघरमा विरोध प्रर्दशन गरेको छ ।
मंगलबार काठमाडौंको माईतीघरमा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रले संयुक्त रुपमा आरक्षण बचाऔं आन्दोलनले विरोध प्रर्दशन गरेको हो ।
लोक सेवा आयोगको विज्ञापन प्रकाशित भएलगतै आन्दोलन चरणबद्ध आन्दोलन गदै आइरहेको आरक्षण बचाऔं आन्दोलनले नेपाल बन्दको कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।
सुन्धारा, बानेश्वर, कुपोन्डोल र न्युरोडबाट ¥याली सहित माईतीघरमा आयोजना गरिएको विशाल जनसभामा सहभागि हुन आइपुगेका थिए ।
प्रर्दशनमा उत्रिएका दलित,महिला, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दवाव दिए । ‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाईदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

मन्त्री पण्डितको राजीनामा माग
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग आन्दोलनरत पक्षहरुले  उठाए । उनीहरुले मन्त्री पण्डित तत्काल राजीनामा दिनुपर्ने नाराबाजी गरेका थिए । संविधानको मर्म भावनाविपरित मन्त्री पण्डित उत्रिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । लोकसेवा आयोगले समावेशी समानुपातिक सिद्धान्त विपरित गएर स्थानीय तहका कर्मचारी भर्ना सम्बन्धि जेठ १५ गते विज्ञापन प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank