भगत सर्वजति मानव मर्यादा राष्ट्रिय पुस्कारबाट तीन स्रष्टा सम्मानित

दलित अनलाईन २९ असार २०७६, आईतवार २१:१५

काठमाडौ– भगत  सर्वजित मानव मर्यादा राष्ट्रिय पुस्कारबाट तीन स्रष्टा सम्मानित भएका छन् ।
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुस्कार बाट दलित मुक्ति आन्दोलनको क्षेत्रबाट राणेन्द्र बराली ,समाज सुधार अभियानको क्षेत्रबाट भद्रमान घले र शिक्षा साहित्य,संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रबाट रमेश रञ्जन झालाई राष्ट्रिय पुरस्कार २०७५ सम्मान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन स्रष्टहरुलाई सम्मान गदै दलित समुदायको मुक्तिका लागि भगत सर्वजितको संघर्षलाई आफुहरुले संविधानबाट मौलिक हकमा अधिकार स्थापित गरेर कामको सुरुवात गरेको बताए ।
यस्तै भगत सर्वजित प्रतिष्ठान नेपालका अध्यक्ष तथा नेकपाका नेता छविलाल विश्वकर्माले भगत सर्वतिजको राष्ट्रिय पुस्कारबाट दलित मुक्ति आन्दोलनमा सक्रिय रहेका व्यक्तिहरुको उचित मुल्याकनगदै सरकारले सम्मान गरेको बताए । दलित मुक्ति आन्दोलनमा भगत सर्वजितले दिएको योग्दानको सरकारले विशिष्ट रुपमा सम्मान गरेको चर्चा गदै आफुहरु दलित मुक्ति आन्दोलनमा एक भएर संघर्षमै उभिएका विश्वकर्माले बताए ।

२००८ साल साउन २ गते भरतपुरमा जन्मिएका राणेन्द्र बराली २०२४ सालबाट राजनीतिमा रुपमा सक्रिया रहेका छन् । नेपाल राष्ट्रिय दलित जनविकास परिषद चितवनका तत्कालीन सचिव रहेका बराली २०६८ दलित मुक्ति मोर्चाको संयोजक र २०७०मा संरक्षण रहेका थिए । बराली अहिले नेकपामा आवद्ध छन् भने साहित्य लेखनमा समेत सक्रिय छन् ।


सन् १९८९ कर्तिक १९ गते धनकुटा नगरपालिका वडा ५ तल्लोकोप्चे हटिया जन्मिएका भद्रमान घाले समाज सुधान अभियानका अगुवा हुन् । घले २००५ सालमै नेपाली कांग्रेसको साधारण सदस्यता लिइ तत्कालीन राणाशासन विरुद्ध सक्रिय भूमिका निर्वाह गरेका थिए । २००८ सालेदेखि बाम राजनीतिमा संलग्न रहे । दलित उत्थानमा क्रियाशील विभिन्न संघसस्थामा आवद्ध रहेर काम गरेपनि २०५४ सालदेखि जिल्ला विकास समिति धनकुटाको मनोनीत सदस्य भएर काम गरेका थिए । २००८ सालमा घनकुटाको विहिबारे हटिया प्रवेशको आन्दोलन गर्दा घले १८ महिना जेल जीवन विताएका थिए ।


२०१६ साल असार ४ गते औरही गाउ“पालिका धनुषा जन्मिएका रमेश रञ्जत झा साहित्य ,सस्कृति लेखनमा क्रियाशी छन् । दर्जनभन्दा बढी नाटक तथा कथा संङग्रह र विभिन्न लेख रचनाहरु प्रकाशित झाले सडक नाटक ५ हजार भन्दा बेसी लेखिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank