महाकाली–मेची पदयात्रामा जनलहर उर्लिदै (फोटो फिचर)

दलित अनलाईन २१ चैत्र २०७५, बिहीबार ०१:१५

भालुभाङ्ग –जातीय विभेद र छुवाछूतको व्यवाहारिक रुपमै अन्त्य गरौँ भन्ने मूल नारा सहित सुरु भएकोे महाकाली–मेची पदयात्रामा दिनैपिच्छे जनलहर उर्लिदै गएको छ ।
महाकाली नगरपालिकाको दोधारा चाँदनीबाट सुरु गरिएको पदयात्रामा स्थानीहरुको उत्साहको जनलहर दिनैपिच्छे उर्लिदै गएको हो ।
पदयात्राले २२ नगरपालिका र गाउँपालिकामा विशेष कार्यक्रम गरिसकेको छ । यस्तै पदयात्राले २६ दलित र गरैदलित वस्तीहरुमा समेत कार्यक्रम गरिसकेको छ । यी कार्यक्रमहरुमा स्थानीय सरोकारवाला निकाय र जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । पदयात्रीले नगरपालिका र गाउँपालिकाहरुको ब्यानरमा कार्यक्रम गदै आइरहेका छन् । पदयात्रीले दाङ्गको भालुभाङ्गसम्म आइपुग्र्दा ३ सय ८५ किलोमिटर दुरी पार गदै ४ लाख ८० हजार पाइला हिडिसकेका छन् ।
जातीय विभेद तथा छुवाछूतको व्यवाहिरक अन्त्यको मूल नारासहित महाकाली–मेची पदयात्रामा होमराज आचार्य ,रिता परियार र अशोक दर्नाल छन् भने बन्दबस्ती व्यवस्थापनमा विरंिसह तामाङ्ग रहेका छन् ।

तस्बिरमा हेरौं  पदयात्रामा उर्लिदै गएको जनलहर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank