जातीय आधारमा गाली गर्नेलाई खोजी गदै अपराध महाशाखाबाट फेसबुकलाई पत्र

दलित अनलाईन १६ असार २०७६, सोमबार २१:४१

काठमाडौ– समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तिजनक गाली गर्नेलाई कारबाही माग गर्दै असार ९ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भयो । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँदै दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी थिइन् ।
असार ९ गते नै गायक प्रकाश सपुतलाई सामाजिक सञ्जाल मा जथाभावी लेख्नेका बिरुद्ध कारबाहीको माग गर्दै नेपाल दलित विद्यार्थी संघले महानगरीय अपराध महाशाखामा उजुरी सहित ज्ञापन पत्र पेश ग¥यो ।
प्रकाश सपुतको ‘गलवन्दी’ गितको विषयलाई लिएर सामाजिक सन्जाल फेसबुकमा जातीय भेदभाव हुने अप शब्द प्रयोग गरेको भन्दै कार्बाहीको माग गर्दै राष्टिय दलित आयोगले गृह मन्त्रालयलाई असार १० गते ध्यानाकर्षण गरायो ।
राष्टिय दलित आयोगको ध्यानाकर्षण पत्र बुझे लगत्तै गृह मन्त्रालयबाट असार १० गते नै प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई यथाशिघ्र कानुनी कारबाही गरी गृह मन्त्रालयलाई समेत जानकारी गराउने भनेर पत्र पठायो ।
तर कारबाहीका लागि महानगरीय अपराध महाशाखा टेकुमा साइबर क्राइम सम्बन्धीत दर्ता भएको उजुरी एक हप्ता वितिसक्दा पनि सामाजिक संञ्जालमा जथाभावी लेख्ने सुभाष मंगोललाई कारबाहीका दायरामा ल्याउन त परै जाहोस्, सुभाष मंगोल को हुन भनेर पत्ता लगाउन समेत सकिएको छ्रैन ।
महानगरिय अपराध महाशाखाका प्रवक्ता सुशिलसिंह राठौर गम्भिर भएर अनुसन्धानमा लागेको र केही दिनमै उसलाई कारबाहीको दायरामा ल्याउने बताए । फेसबुकमा सुभाष मंगोलले पोष्ट गरेका सबै गतिविधिहरुलाई नियाल्दा र उसले फेसबुकमा बाइक चढेको फोटो पोष्ट गरेको नम्बर समेत गलत प्रयोग गरेको भन्दै महानगरिय अपराध महाशाखाले फेसबुक अफिस सिंगापुरलाई केस नम्बर ३२२८८८८ पत्र पठाएर अनुसन्धानमा लागेको प्रवत्ता राठौरले बताए । ‘हामीले सबै अनुसन्धानको विधिलाई प्रयोग गरेका छौं, हामी सुभाषलाई कारबाही गरेर देखाउँँछौं ।’
फेसबुक अफिसले ३ हप्ताभित्र सबै रिपोर्ट उपलब्ध गराउने प्रक्रिया भएका कारण पनि अनुसन्धानमा समय लाग्ने महाशाखले जनाएको छ । सुभाषले पोष्ट नेपालभन्दा पनि बाहिर देशबाट भएको प्रहरीको आशंका छ । सुभाषको फेसबुक पोष्टले आज पनि अन्य विषयमा उजुरी दर्ता भएको बताउँदै उसलाई कारबाही गर्न प्रहरीको भनाई छ ।
महानगरिय अपराध महाशाखाका अनुसार फेसबुकमा दलित समुदायलाई होच्याउँदै जातीय गाली गर्नेलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराध तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार कारबाही हुनेछ । जातीय विभेद तथा छुवाछुत कसुर अनुसार कसैले पनि जाति, वर्ग समुदायलाई अपमानजनक गाली गर्न पाइँदैन । नेपालको संविधानमा दोषीलाई भेदभाव जन्य कार्य गम्भीर सामाजीक अपराधका रुपमा कानून बमोजिम दण्डनिय हुने र पिडित व्यक्तिले कानून बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank