काठमाडौं -नेपाली कांग्रेसका सांसद नेता एवं पूर्व मन्त्री मीन विश्वकर्माले संसदमा ‘गलबन्दी’गीतका सर्जक प्रकाश सपूतलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाइएको प्रति आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद मीनबहादुर विश्वकर्माले गायक सपुतले गीत चोरी गरेको भनी लगाइएको आरोपप्रति आपत्ति जनाएका हुन् ।
उनले गाउँमा मेलापात, गोठालो, रोधीमा गाइने लोक भाकाहरु कसैको नीजि नहुने बताए । सपुतको गीत कसैको गीतसँग मेल नखाएको दाबी गर्दै सांसद विश्वकर्माले आफ्नो गीत मिल्यो भन्दै शम्भु राईले मुद्दा हल्नु गलत भएको भनाइ राखे । ‘एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा फरक भूगोल, फरक परिवेश, फरक शब्द र फरक कालखण्डमा उस्तै–उस्तै गीत मैले पनि गाएको थिएँ नक्कल भयो भनी मुद्दा हाल्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय हो’ सांसद विश्वकर्माले भने।
यस सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रकाश सपुतलाई जातीय भेदभाव हुनेगरी निच शब्द प्रयोगरी गाली गर्दै हतोत्साही बनाएको विश्वकर्माले बताए।
कानुन र सामाजिक सद्भावको बर्खिलाब हुनेगरी अभिव्यत्ति दिएकाले उनीहरुलाई साइबर कानुन र जातीय भेदभावविरुद्धको अपराधमा कारबाही गर्न उनले माग गरे । रेशम चौधरीको प्रशंग उठाउँदै विश्वकर्माले सरकार नै जातीय द्वेष बढाउन उद्दत रहेको आरोप लगाए । सांसद विश्वकर्माले प्रकाश सपुतविरुद्ध निच गाली गरिएको भन्दै उनीहरूमाथि साइवर ल र जातीय भेदभावविरुद्धको कसुर अन्तर्गत कारवाही गर्न माग गरे ।
‘गायक सपुतलाई शम्भु राई र उनका मतियारले जातीय रूपमा निच गाली गरेको पाइएको छ । सिंगो दलित समुदायलाई अपमान हुनेगरी निच गाली गर्नेलाई जातीय भेदभाव अनुसार कारवाही गर्नुपर्छ । अन्यथा सिंगो दलित समुदाय आन्दोलनमा होमिने छ ।’
Leave a Reply