काठमाडौ– सगरमाथा चुचुरोमा पहिलो पटक दलित महिला कुमारी ज्ञानमाला रणपाल पुगेकी छिन् । उनी २०७६ जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन ।
कपिलवस्तुको बुद्धभुमी –२, गोरुसिंङ्गेमा जन्मिएकी कुमारी ज्ञानमाला रणपाल पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेकी दलित महिला हुन । रणपाल सगरमाथा पुराउने विजय घिमिरे पनि दोस्रो पटक सगरमाथा पुगेका छन् ।
रणपाल सगरमाथा चढ्ने पहिलो दलित महिलाको नाम इतिहासमा लेखाएकी छन् । रणपालले सगरमाथा चढ्नुअघि ६ हजार १ सय ६० मिटर अग्लो आइलेम्पिक हिमाल आरोहण गरिसकेकी थिइन् ।
Leave a Reply