यस्तो देखियो चितवनबाट बर्दिबाससम्म आइपुग्दा महाकाली –मेची पदयात्रा (फोटो फिचर)

दलित अनलाईन १५ बैशाख २०७६, आईतवार ०८:२०

 साेमबार बर्दिबासमा विशेष कार्यक्रम हुँदै

बर्दिबास – जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं भन्ने मूल नारासहित सुरु भएको महाकाली–मेची पदयात्रा टोली बर्दिबास आइपुगेको छ ।
होमराज आचार्य, अशोक दर्नाल र रिता परियारको टोली ८ सय ७७ किलोमिटरको दुरी पार गरेर आइतबार विहान बर्दिबास आइपुगेको हो ।

महाकालीको दोधराचाँदनीबाट सुरु भएको पैदलयात्रा दलित बस्ती र गाउँ छिचोल्दै बर्दिबास आइपुगेको हो । टोलीलाई बार्दिबास नगरपालिका र स्थानीय दलित अधिकारकर्मी नगरिक समाजका अगुवाहरुले आइतबार स्वागत गरेका थिए ।

पदयात्रीहरुले १२ लाख २७ हजार ८ सय पाइला हिंडिसेका छन् । पदयात्रीहरुले दलित र गैर दलित गरी ७५ गाउँबस्तीमा पुगेका छन् भने अहिले सम्म ६३ महानगरपालिका ,उपमहानगरपालिका र नगरपालिका तथा गाउँपालिका र वडासँग समेत जातीय विभेद र छुवाछूतको वर्तमान अवस्थाबारे कार्यक्रम गदै अगाडी बढिरहेको छ ।

चैत ३ गतेबाट शुरु भएको यात्रा महाकालीबाट बर्दिबाससम्म आइपुग्दा पदयात्राले ६१ हजार आम जनसमुदायसँग प्रत्येक्ष भेटघाट गरिसकेका छ ।

७५ गाउँबस्तीका स्थानीयहरुसँग जातीय विभेद तथा छुवाछूतको अवस्थाबारे संवाद गरेका छन् ।
बाटोबाटामा स्थानीय अधिकारकर्मी र सर्वसाधारणहरुसँगै नगरपालिका ,निर्वाचित जनप्रतिनिधि,नागरिक समाजका अगुवा ,पेशागत संगठनका प्रतिनिधि र स्थानीय राजनीतिक दलहरुले समेत
उनीहरुलाई स्वागत तथा अभिनन्दन गरेका छन् । यस्तै पदयात्रा बर्दिबासपछि मेचीतर्फ सोमबार नै लाग्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank