महाकाली–मेची पदयात्राका अभियन्तालाई शिवराज नगरपालिकामा नगर प्रमुखबाट स्वागत

दलित अनलाईन २२ चैत्र २०७५, शुक्रबार ०१:०९

कपिलवस्तु– कपिलवस्तुको चन्दौटामा जातीय विभेद र छुवाछूतको व्यवाहारिक रुपमै अन्त्य गरौँ भन्ने मूल नारा सहित सुरु भएकोे महाकाली–मेची पदयात्राका अभियन्ताहरुलाई शिवराज नगरपालिकाद्धारा स्वागत गरिएको छ ।
चैत ३ गतेबाट सुरु भएको महाकाली–मेची पदयात्राका अभियन्ताहरु चन्दौटामा विहिबार आइपुगेकोमा खुशी व्यक्त गदै शिवराज नगरपालिकाद्धारा स्वागत गरिएको हो ।
शिवराज नगर प्रमुख नेत्रराज अधिकारी र दलित अधिकारकर्मीहरुले स्वागत गरेका थिए ।
अभियन्ताहरुले शुक्रबार ९ बजे शिवराज नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्नछन् । शुक्रबार नै अभियन्ताहरुले दलित र गैरदलित ,नागरिक समाज, राजनीतिक दल बुद्धिजीवी र सरोकारवाला निकायसँग विशेष संवाद कार्यक्रम गर्नछन् । यस्तै शनिबार महाकाली–मेची पदयात्रालाई एक्येबद्धता जनाउदै शिवराज नगरपालिकाले विशेष कार्यक्रम आयोजन गर्न भव्य तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank