दलितवस्तीको पीडा सुन्दै पदयात्री (फोटो फिचर)

दलित अनलाईन चैत्र १०, २०७५

चिसापानीे– जातीय विभेद तथा छुवाछूतको व्यवाहिरक अन्त्यको मूल नारासहित महाकालीको दोधारा चाँदनीबाट सुरु भएको महाकाली –मेची पदयात्राको टोली चिसापानीमा आइपुगेको छ ।
चैत ३ गतेबाट सुरु गरिएको महाकाली–मेची पदयात्राको टोली आइतबार चिसापानीमा आइपुगेकोको हो ।
महाकाली नगरपालिका, भिमदत्त नगरपालिका, बेदकोट नगरपालिका, सुक्लाफाँट नगरपालिका, कृष्णपुर नगरिपालिका गोदाबारी नगरपालिका ,धनगढी उपमहानगरपालिका र गौरीगंगा नगपालिका, बर्दगोरिया गाउँपालिका ,सुखड नगरपालिकाभित्रका विभिन्न सरोकारवाला निकाय र स्थानीय समुदायसँग टोलीले संवाद गर्दै पदयात्राको टोली चिसापानीमा आइपुगेको हो । पदयात्रीहरुले करिब ११ बस्ती, नगरपालिका ,गाउँपालिका वडा कार्यालयहुँदै ५४ सय भन्दा बढी आम जनतासँग प्रत्येक्ष संवाद गदै अघि बढेको हो ।

पदयात्राको टोली दलित र गैर दलितबीच विद्यमान विभेदका घटनाहरुको अवलोकन अध्ययन गदै स्थानीय स्तरमा गर्न सकिने समधानका उपायहरुसमेत संवादका माध्यबाट पहिचान गदै अगाडि बढेको छ ।
पदयात्रीले चिसापानीसम्म आइपुग्र्दा १ सय ५१ किलोमिटर दुरी पार गदै २ लाख २० हजार ६ सय ३ पाइला हिडिसकेका छन् ।


पदयात्री विभिन्न वस्तीवस्तीमा पुग्दै स्थानीय सरोकारवालाहरुसँगै संवाद समेत गर्ने गरेका छन् । यस्तै पदयात्रीहरुले शुक्लाफाँट नगरपालिकाको बंक, गेदावारी नगरपालिकास्थति लालपुरको कोलीकटान, बलचौरको मुडास्थित बादी वस्तीमा विशेष कार्यक्रम गरेको थियो ।
पदयात्रामा हजारै स्थानीयहरुले सहयोग र समर्थन गरेका छन भने नगरपालिका ,गाउँपालिका र प्रहरी प्रशासनबाट राम्रो सहयोग भएको छ । जातीय विभेद तथा छुवाछूतको व्यवाहिरक अन्त्यको मूल नारासहित महाकाली–मेची पदयात्रा होमराज आर्चाय ,रिता परियार र अशोक दर्नालले सुरु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank