न्यायाका लागि ६६ हजार पाइला पार गरी पदयात्राको टोली अत्तरियामा (फोटो फिचर )

दलित अनलाईन ४ चैत्र २०७५, सोमबार २३:५५

अतरिया– जातीय विभेद र छुवाछूतको व्यवाहरिक अन्त्यको नारा सहित महाकालीबाट मेचीसम्मका लागि निस्किएको पदयात्राको टोली  अत्तरिया आइपुगेको छ ।
आइतबार महाकाली नगरपालिकाको दोधारा चाँदनीबाट सुरु भएको पदयात्रा ४५ किलोमिटरको पैदलयात्रा गरी अभियन्ताहरु अतरिया सोमबाट आइपुगेका हुन् ।
महाकालीबाट मेचीसम्मको लागि निस्किएको पदयात्रले जातीय विभेद र छुवाछूतको व्यवाहरिक अन्त्यलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सकारत्मक सोचाका साथ स्थानीय सरोकारवाला निकायहरुसँग छलफल संवाद गदै गाउँ सहर र वस्तीमा पुगी पीडित परिवारहरुको अवस्थाबारे जानकारी समेत संकालन गदै पदयात्रा उल्लर्ष अगाडि बढेको छ ।


बकंस्थिति वादी समुदाय र दलित वस्तीमा पुगी त्यहाँको अवस्था बारे स्थालगत संवाद र सर्वेक्षण समेत गरेको थियो । पदयात्री टोलीलाई कृष्णपुर नगरिपालिकाले स्वागत समान गर्नुको साथै जातीय मुद्दा गहन छलफल गरी भावी कार्यान्वयन रणनीति अवस्थाबारे अन्तरक्रिया समेत गरेका थिए ।


महाकालीबाट सुरु भएको पदयात्राले मंगलबार अतरियामा विशेष कार्याक्रम गरी धनगढीतर्फ लाग्ने छ । तीन अभियन्ता सहित ३ हजारभन्दा बढी आम मासिनलाई साथ लिई अघि बढेको यात्राले अहिलेसम्म ६६ हजार पाइला पार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank