महेन्द्रनगरमा मेयर र सिडियोले भने, ‘जातीय छुवाछूत मुक्त समाज हामी बनाउँछौं’(फोटो फिचर)

दलित अनलाईन ४ चैत्र २०७५, सोमबार ०८:३१

महेन्द्रनगर– भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जातीय छुवाछूतको मुद्दामा आफु गम्भिर रहेको बताएका छन् ।
जातीय विभेद र छुवाछूतको व्यवाहारिक रुपमै अन्त्य गरौँ भन्ने मूल नारासहित महाकाली–मेची पदयात्रालाई सम्बोधन गर्दै मेयर विष्टले जातीय छुवाछूतको मुद्दाले राष्ट्रलाई कमजोर बनाएको दावी गरेका हुन् ।

महाकाली–मेची पदयात्री टोलीलाई सम्बोधन गदै जातीय छुवाछूतको मुद्दाले समाजलाई तहगत विभाजन गरेको बताउँदै जातीय छुवाछूतको मुद्दामा आफु कुनै पनि हालतमा पछि नपर्ने टिप्पणी गरे । सामाजिक आर्थिक र राजनीतिक तहबाट विभेद भोग्न बाध्य रहको दलित समुदायको मुद्दा अब गैर दलित समुदायको मुद्दा बन्नुपर्ने औल्याउँदै विष्टले जातीय छुवाछूतको व्यवाहरिक अन्त्य गर्न आफुले सकारत्मक ढंगबाट अगाडी बढेको बताए । ‘जातीय छुवाछूतको चरम रुप देखिएको छ ,तर यसको निर्मुलीकरण हुनु जरुरी छ ।’

मेयर विष्टले महाकालीबाट जातीय छुवाछूतको व्यवाहरिक अन्त्यका लागि नेपाल पदयात्राले निकै महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताए । आफुले यस पदयात्रामा सहयोग समर्थन सहित यो पदयात्राका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले कञ्चनपुरलाई जातीय छुवाछुतमुक्त जिल्लाका रुपमा घोषणा गरने प्रतिबद्धता जनाए । “जातीय विभेद अन्त्य गरी छुवाछुत मुक्त नेपाल बनाउने अभियानमा महत्वपूर्ण योगदान पु¥याउने आश गरेको छु , आफूले हरेक प्रकारको जातीय छुवाछुत र विभेद अन्त्य गर्नमा सरोकारवाला सबैसँग सहकार्यबाट अगाडी बढ्ने बताए । ‘म पूर्ण विश्वसका साथ भन्छु, छुवाछूतले समाज सम्बद्धिमा जान सक्दैन । ’


प्रमुख जिल्ला अधिकारी वैद्यले जातीय विभेदको अन्त्य गरौँ भन्ने मुल नारामा हस्ताक्षर गरी गराइ अभियानको सफलताको शुभकामना दिए । पदयात्राले जातीय विभेद अन्त्य गर्ने अपेक्षा गरेको वैद्यले बताए ।
मानव अधिकारकर्मी तथा महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले समाजमा कानुनले मान्यता दिए पनि अन्तर जातीय विवाहले समाजमा मान्यता पाउन नसकेको बताएकी छिन । सबै प्रकारका जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि समाज तथा मानवीय सोचमा परिवर्तन हुनु जरुरी रहेको बताएकी छिन । गरिबको संज्ञा दिएर दलितलाई हेप्नु नहुने चन्दले बताइन् ।
यस्तै देशको राष्ट्रपतिमा ब्राह्मण जाती आइसकेकाले अब दलित समुदायबाट राष्ट्रपति चुनिनु पर्ने गैरसरकारी संस्था महासंघका नरबहादुर सुनारले बताए ।
जातीय छुवाछूत मुक्त राष्ट्र« घोषणा भए पनि जातीय विभेदका घटनाहरु नरोकिएको गैर सरकारी संस्था महासंघका अध्यक्ष निरेश छिनालले बताए ।
यस्तै महाकाली मेची पदयात्राको टोलीलाई बेदकोट नगरपालिकाकी उपमेयर सुशिला सिंहले स्वागत गरेकी छिन । सकारत्मक सोच लिएर दलित मुद्दालाई जनचेतनामुलक ढंगबाट पदयात्रा गरी समाजलाई भाइचाराको सम्बन्ध कायम गरेको आफु निकै खुशी भएको सिंहले दावी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank