बहराइनसँगको व्यापारिक सम्बन्ध दरिलो बन्दै- राजदूत पदम सुन्दास

दलित अनलाईन २२ माघ २०७५, मंगलवार २२:३४

काठमाडौं- बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । आइतबार भएको भेटमा अध्यक्ष जइनलले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही अवसरमा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन सरकारी तथा सांसद तहमा समेत द्विपक्षीय सम्बन्ध संयन्त्र बनाई अगाडि बढ्न प्रस्ताव गरेका छन् । अध्यक्ष जइनलले आगामी दिन राजनीतिक नेतृत्व तहमा सम्बन्ध विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बताउँदै नेपाली कामदारको सीप, लगनशीलता र इमानदारिताको प्रशंसा पनि गरे ।

राजदूत सुन्दासले गल्फ एयरको सिधा उडान सञ्चालन गर्न सकिए दुई देशबीचको व्यापारिक, पर्यटन तथा साँस्कृतिक सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गरे । उनले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र आफ्नो व्यक्तिगततर्फबाट सभामुख जइनल बहराइनको गरिमामय ओहदामा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank