४२% दलित चरम गरिबीको रेखामुनि

नरेश ज्ञवाली १८ माघ २०७५, शुक्रबार १४:३०

नेपालमा २५ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि, ४० लाख दलितमध्ये १७ लाख चरम गरिब

नरेश ज्ञवाली

नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।

पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् । यसरी देशभरका ४० लाखमध्ये १७ लाख १७ हजार अर्थात् ४२ प्रतिशत दलित चरम गरिब छन् । राष्ट्रिय योजना आयोगले २०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब छन् ।

 विपन्नता
नेपालमा चरम गरिब परिवार : २५.२%
तर, चरम गरिब दलित : ४१%
-पहाडी ब्राह्मण १०.२%
-पहाडी क्षेत्री २४%
-पहाडी दलित ४२.४%
-मधेसी ब्राह्मण-क्षेत्री १८.९%
-मधेसी दलित ४०.२%

साक्षरता
नेपालको औसत साक्षरता : ६५%
तर, दलितको साक्षरता : ४३%
-पहाडी ब्राह्मण : ७७.६%
-पहाडी क्षेत्री : ६६.५%
-पहाडी दलित : ५१.८%
-मधेसी ब्राह्मण-क्षेत्री : ८०%
-मधेसी दलित : २२.८%

कक्षा १ देखि ८ कक्षासम्मको कुल भर्नादर 
नेपालको औसत भर्नादर : १०२.०% 
(सामान्यतया ५ देखि १२ वर्षसम्मका बालबालिका भर्ना हुने अपेक्षा गरिन्छ, तर पाँच वर्षभन्दा मुनि वा १२ वर्षभन्दा माथिका बालबालिका भर्ना हुँदा प्रतिशत १०० नाघेको छ ।)
-पहाडी ब्राह्मण : १०७.५%
-पहाडी क्षेत्री : १०९.३%
-मधेसी ब्राह्मण-क्षेत्री  :९७.५%
-पहाडी दलित : ११०.२%
-मधेसी दलित : ७०.१%

स्नातक वा सोभन्दा माथिको कुल भर्नादर  

-नेपालको औसत भर्नादर : ७.७%
-पहाडी ब्राह्मण : २१.६%
-पहाडी क्षेत्री : ७.९%
-पहाडी दलित : १.२%
-मधेसी ब्राह्मण/क्षेत्री : २७.३%
-मधेसी दलित : १.२%
एसएसली उत्तीर्णमध्ये १.६ प्रतिशत र स्नातक उत्तीर्णमध्ये ०.८ प्रतिशत मात्रै दलित छन् । 

व्यवस्थित आवास
व्यवस्थित घरमा नेपालको जनसंख्या : २८%
तर, व्यवस्थित घरमा बस्ने दलित : ११%
-पहाडी ब्राह्मण ४३.६ प्रतिशत
-पहाडी क्षेत्री २६.८ प्रतिशत
-पहाडी दलित ११.६ प्रतिशत
-मधेसी ब्राह्मण-क्षेत्री ५७.८ प्रतिशत
-मधेसी दलित ११.१ प्रतिशत

 बाल र मातृ मृत्युदर

-नेपालमा बाल मृत्युदर : औसत हजारमा ५४ जना
तर, दलितमा हजारमा ७७ जना

-मातृ मृत्युदर : औसत हजारमा ४६ जना
तर, दलितमा हजारमा ६७ जना

-जन्मदर : नेपालमा औसत २.६%, दलितमा ३.२%
परिवार नियोजनका साधनमा पहुँच

-ब्राह्मण/क्षेत्री महिला : ५३%
-दलित महिला : ४३%

 सरसफाइ र शौचालय

-नेपालको कुल जनसंख्या २ करोड ९७ लाखको १३.८ प्रतिशत अर्थात् ४० लाख ९९ हजार दलित छन् ।

-दलितमध्ये पहाडमा ९.१% अर्थात् २७ लाख ३१ हजार र तराईमा ४.७% अर्थात् १३ लाख ९६ हजार छन् ।

-तराईका दलितमध्ये ३७ प्रतिशतसँग अर्थात् ५ लाख १६ हजारसँग खेती गर्ने जमिन छैन । तराईका दलितमध्ये पनि २ लाख २४ हजार मुसहरमध्ये ७९ प्रतिशत अर्थात् एक लाख ८५ हजारसँग घर बनाउनेसमेत भूमि छैन ।

तथ्यांकको स्रोत : त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागको ‘पोभर्टी एन्ड एक्सक्लुजन इन नेपाल’ नामक सर्भे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank