जब देवी सार्की भीडलाई छिचोल्दै काँग्रेसका नेता गगन थापासँग पुगिन्………

दलित अनलाईन १५ माघ २०७५, मंगलवार १९:५८

पर्वत– आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाई भेट्दा देवी सार्की मख्ख परेकी छन ।
मंगलबार पर्वतको कुश्मा–३ दुर्लुङस्थित सूर्यप्रकाश माविको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पर्वत पुगेका वेला गगन थापालाइ भेटेपछि देवी मख्ख भइकी हुन । उनले आफूलाई पढाउन सहयोग गर्ने थापासँग भीडलाई छिचोल्दै फोटो समेत खिचाइन ।
पर्वतको कुश्मा नगरपालिका –३ मा रहेको दालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च गगन थापाले स्पेन्सर गर्दै आएका छन् । कक्षा एकमा भर्ना भएको वर्ष देखि नै देवी सार्कीको सम्पूर्ण खर्च गगन थापाले व्यहोर्दै आएको छोरी पढाउनु अभियानका अभियान्त प्रेम विकले बताए । विहान र बेलुकोको खानामात्र बाबुआमाले खुवाउनु हुन्छ बाँकी सवै खर्च थापाले गर्दै आएको जानकारी विकले दिए ।
स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग थापाले गरेका छन् । यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाई ठूलो सहयोग पुगेको विकको भनाइरहेको छ । यस अभियानमा एक सय २० जना छोरीहरु अध्ययन गरिरहेका छन ।
देवी सार्कीलाई थापाले १२ सम्म नै पढाउन स्पोन्सर गर्ने बताएका छन् । दुर्गाका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank