आखिर जात र थर के हो ?

दलित अनलाईन ८ माघ २०७५, मंगलवार २२:५९

धेरैलाई लाग्न सक्छ जात र थर एउटै हो । तर यी फरक फरक शव्द र अर्थ पनि हुन् । जात भनेको नेपालको ११ औ जनगणना २०६८ अनुसार १२५ जातजातीको नेपालमा बसोबास रहेको छ भने थर यति नै छन् भनेर आज सम्म कुनैै यकिन तथ्याङ्क भएको थाहा छैन । सवै समुदायका आ–आफ्नै थरहरु रहेका छन् । बाह्रमण ,क्षेत्री, कामी ,दमाई,नेवार, मगर आदी जात हुन् भने खनाल ,कोइराला, श्रेष्ठ, वि.क ,परियार ,थापा ,कार्की, मण्डल, दास आदी थरहरु हुन् ।
जिल्ला प्रशासन कार्यालयहरुले दिने जातिय प्रमाणपत्रमा प्रदेश जिल्ला,.गा.पा.न.पा वार्ड.वस्ने वि.क दलित वर्ग अन्र्तगत विश्वकर्मा जातिको भएको व्यहोरा प्रमाणित गरिन्छ भन्ने व्यहोराको चिठी पाइन्छ जसले विश्वकर्मा जाति हो भन्ने प्रष्ट हुन्छ । यदि विश्वकर्मा जाति हो भने जाति भित्र अनेकौ थरहरु हुन्छन् भन्ने कुरा किन स्वीकार नगरेको नि ? अरु समुदायले थर लेखाउँदा हामीले पनि लेखाउन पाउनुपर्छ ।
अरु समुदायका थरहरुको प्रचारप्रसार र प्रयोग सहजै भए पनि दलित समुदायका थरहरुको प्रचारप्रसार र प्रयोग खासै भएको पाइंदैन । राज्यबाट पाइने सेवा सुविधाबाट वञ्चित भइने डरले दलित समुदायले आफ्नो थर लेखाउने हिम्मत आजसम्म गर्न सकेका छैनन् । कतिपय लेखेकाहरुले पनि अनावश्क दुख, झन्झट भोगेका प्रशस्तै उदाहरण छन् ।
अहिलेको साउन भदौ तिरको कुरा हो । रसाँइली थर लेखेका एकनजा दलित भाइ नेपाल प्रहरीको जागिर खान फर्म लगाउन जिल्ला प्रहरी कार्यालय गुल्मी पुगेछन् । त्यहाँ रसाँइली लेखेकोले दलित कोटामा भर्न नपाउने भनी फर्म नलिएपछि स्थानिय तहको सिफारिस लिन गाउँ फर्किए । वडा कार्यालय बाट पनि जानकारी नभएको कोटा लिन वि.क लेखाउनुपर्ने भन्ने सल्लाह पाएपछि उच्च माध्यमिक शिक्षा परिषद भक्तपुर र जिल्ला प्रशासन गुल्मीमा गई थर परिवर्तन गरेछन् । यसबाट दलित समुदायका थरहरु बारे हामी हाम्रो समुदाय र प्रशासन समेत जानकार छैन भन्ने प्रष्ट हुन्छ ।

नेपाल सरकारको कुनै पनि आधिकारिक दस्तावेज, राजपत्र वा प्रकाशनबाट सार्वजनिक गर्न नसक्दा आफैले जारी गरेका प्रमाणपत्र पनि नविक्ने स्थितिमा पुग्यो । दलित समुदायका पनि अरु समुदायका जस्तै थरहरु हुन्छन् भनि राज्यले स्वामित्व वोध नगर्दा धेरैले दुख पाइरहेका छन् ।

एकदिन काठमाण्डौको एक होटलमा दलित समुदायको कार्यक्रम थियो । चियापानको क्रममा एकजना सरसंग परिचय हँुदां हरि उखेडा भन्नु भो । मैले सोधेँ यो कुन थर हो सर ? उहांले विश्वकर्मा नै हो भन्नु भो । मैले सुनेको थिइन त्यसो भए यो दलित आयोगले सुचिकृत गरेको छ त ? मैले प्रश्न गरे । खै थाहा भएन तर विश्वकर्मा नै हो भनेर उहाँले दावी गर्नु भयो । मैले पछि दलित आयोगको वेभसाइट हेरे उखेडा थर रहेछ । तर हामीलाई, स्वयम् लेख्नेलाई समेत थाहा छैन हाम्रा थरहररु के के छन् भनेर । पुर्वका दलितलाइ पश्चिमका दलितहरुको थर थाहा छैन , पश्चिमका लाई पुर्व को । यसका लागि व्यापक प्रचार प्रसार गर्नु आवश्यक छ ।
अहिले नेपाली लेखाउने सार्की र दमाई समुदायका व्यक्तिलाई समेत गाह्रो पर्न थालेको छ । पोहोर साल लोकसेवाले नेपाली लेखाउनेलाई जिल्ला प्रशासनको प्रमाणित ल्याउनु भनि एक साथीलाई फर्कायो । वि.क लेख्नेलाई पनि समस्या छ नेपालमा पनि विदेशमा पनि । सुनिन्छ विभिन्न वैदेशिक रोजगारीमा जांँदा मुस्लीम देशहरुमा वि.क लेख्नेको भिषा नलाग्ने ,सिस्टमले रिड नगर्ने जस्ता समस्या आई दुख भोगिरहेका छन् ।

१. विश्वकर्मा जातिका थरहरु : (कामी, लोहार,सुनार,आग्री,चुनरा,टमटा,पार्की) :– असुरपाती आग्री, आफरवाडी, आफलघाती, आगरी ,ओर ,ओखेडा, ओड ,एयरपती ,इरनाई ,उखेडा श्रीपाली, कामी ,कर्मा ,करार, काललोहार ,कौशल ,कालीराज ,कसरा ,कालीकोटे, कालीराज कुमार्की, कैनी, कोली ,कालाकोटी, कसेरा, कसारो ,कुलाल ,कवि ,कुलगल, कुयाल ,कडरा करला, कमेनी ,कालीमार, कोहली, खड्काथोकी, दुधराज ,गोल्डस्मिथ ,गहतराज ,गुरताल गावा ,गदाल ,गोथे ,गडाल ,गुतील, गोतामे, गजमेर, गदली, घर्तीववरे, घताने ,घतानी घमाल, घिमिरे ,घामघत्ले ,घडेरी, चुनारा, चौठेमार,चौढेमार ,चुनार, चन्द«ा, द्धन्द«परे, छिनाल छामछल्न, छिस्तुल ,जगतीपुरे ,जडकामी ,जम्लाली, जाडकामी, जगडी, जइगडी ,जनाला ज्याबन, टमटा ,ठटरा ,डोटेली, डडालीयर ,डल्ली, तिरुवा ,त्यागी ,दुलाल ,देउती ,देवपाते दुराल, दुरैली ,दियाली ,ददेल, दयाल, दर्लामी ,दुधसुनार, दुधराज ,दियाली, धमाला, धनुके धयाल, धम्याल, धन्याल, धानुक, धानीक, धोतीकामी ,नेपाली, पार्की ,पाददेउती, पोर्तेल पियाली, परी ,पहरी, पाइटु ,पल्याल ,पल्यान, प्वाल्याल, बुरीटमटा ,बान्दे ,बराईली, वरेली बछाली ,बएल ,बल्मान ,बयानी ,बाबली ,बटला ,बगालेथापा, बसक्याल, भन्याल, भारध्वाज भूल ,महरा, मल्ल, मुड्याल, महिराज, मध्य ,मःरकोहली, मगरा ,महिलीपार ,मडयाल, मिझार, महर, रसाईली ,रिसाल, रपाल ,रामदाम, रैकाल, रिजाल, रामदार, राम, रामछाम राजीलौहार, रपशंकर ,रुचालु लखडा, लाखड लावण–लावड ,लोहार, ल्थर ,ल्वागुन, लकान्दी« लौकान, लामगोद ,लामगादे, लुहार, वड, बालोमर ,वथानी, वेथानी ,वेदानी ,वरही ,स्वर्णकार विखैमर ,व्यागी ,विर्खेमर, वंशपाली, सुजी ,सदाशंकर, साशंकर, सेजवाल, सिन्चौरी, सेतीमगर सेती, सहुरखाती, सैसवाल, सिर्पाइली ,सुरुवाल ,सेवा ,सिगाउरे ,सेतीपार, सुनधुवा, सिंगौली सेतीसिलाल, सिमलखडा, सिमलदिया, सिंगडरे, साई, सराल, सेरला, सोनाहा, सिङऔरी सुनकामी ,सेतिमहर, सुखाल ,सुन्चौरी, सेन्चुरी, सेतीमोर ,सिकर्मी ,स्नेही ,सुनार ,संकटयाल सोव, सेराल ,सुनी ,सोनी, सिल्खाल, थोकी, हुम्लाली ।

(विश्वकर्मा जातीका गैरदलितसंग मिल्ने थरहरु): ओली, अर्याल, कार्की, घिमिरे, रिजाल, खड्काथोकी, मल्ल, धमाल, चन्द, दुलाल, सिलवाल, खनाल, खपाङ्गी, खाती, गजुरेल, गिरी,गौतम, पोख्रेल , भट्ट, भट्टराई, पन्थी, पौडेल, लोहनी, थापा, शर्मा, शाह, वराल, लामिछाने, धामी, भुषाल, सिजापति, बगाले, सिंह, बस्नेत, बास्कोटा, निरौला, तिवारी, पोखरेल, लोहनी…

परियार जातिका थरहरु : (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुडेक) अछामे, अससाय अपटार्या, आवीखोली, आउजी, करुवाल, कनाल, कठैवरी, कटवाल, कालाथोकी, कालाखाती कोखरे, कुखुरे, काखडे, कोटानजारी, कालाखानी, कार्कीढोली, कोटाञ्जरी, खाती, गौरवाग गोरखनाथ, गुईदेल, गजमेयर ,गौरी ,गोतामे घतानी, घले, घतामे, चित्रकार चण्डुचार, चाहार चुडाल, छिनाल, जनैदार, टेलर ,ठटाल, ठराल ,ठ्याकी डौड, डेणे, तिलक्यानी ,तिखत्री, दर्नाल देउकाडी ,दर्जी, देवल ,दास ,दकास, दनोल ,देउगाडी, धगाले नागरी ,नेपाली, नेगी ,नगर्ची नगवाग, नागरी ,नगवान, पाचकुरी, पाल्पाली, पहाडी, फुडके, बर्देवा ,वर्मदास ,वागदास, बैज बैजाकोटी, बागचन्द, बुढाप्रीथी, बाग, बैकापी ,विटालु ,वेढुवा, बाग्धास, बैजनाथ, भित्रकोटी भेटेसिवा, मास्टर, मुडेल, मुडलेकार्की, मोत, माले, माल्बोक, मौले, मिस्त्रीकोटी, मंगता, याग्ने रनपहेली, रुकुमेली, रैका, रामकाजी, रनपौली, रजवर, रत्न, रेतन ,रनवेहली ,रजवास राजगाई, रैइगाइ ,¥याइभरयार, लापे्र ,सुनाम, सेवा, सुनदास, सुरयाल, सप्याली ,सिवा ,सुयाल सिलाल, सेन, सिलाधर, सुटयाल, साहिसमुन्द«, सुचेउरी, सुकुवाट्याल, हिङमाङ,
(परियार जातिका गैरदलितसंग मिल्ने थरहरु) : आचार्य, अधिकारी, कार्की, कोहराल, खाती, खनाल, खतिवडा, गौतम, घले, बराल, तिवारी, मल्ल, जोरी, लामिछाने, गुरुङ, पन्त, ढुङ्गगाना,राई लुईटेल, भुषाल, महरा, दवाडी वास्ताकोटी…
मिजार, जातिका थरहरुः (सार्की,मालभुल, भुल) अच्छामी, एस के, कालो ,कोतेहाल कुल्चीयार, काला, कालामग्रनी ,खरिबोटे ,खिलुङ्गे, खडगी, गौरीपाल ,गोतामे ,घिताङ्ग चर्मकार, चुडाल, छन्बेता ,टोटलाङ्गी ठडोर ,ठगुन्ना, ठराई, तोसाली, तोलाङ्गे ,तोलाङ्गी ,थाक देउला, दुलाल ,देउलाकोटी, दावे, देउलापानी, दाहाल, धुरुमग्राती, धौलाकोटी, नेपाली नगरकोटी, पुरकोटी, परदी, पीपलबोटे, पाएली, पर्कोटी पुर्कौटी, बुरेल, बौडेल ,बौडेल, बाह्रमरे, बम्रेल ,बसेल, बङरेल बयालकोटी ,बिसुन्खे ,बंग्रेल ,विसनेबैलकाटी ,बस्याल, भूल, भियाल, भियाल , मजरकोटी मिजार, मयार ,मंग्राती, मुर्दल मोटे ,मुहल, मजावरी, मगर मालभुल, रामजाली, रुचाल रम्तेल रोका रोक्का रकौल रोकाया रमेल लमजेल सुर्खाली
(मिजार जातिका गैरदलितसँग मिल्ने थरहरु): आचार्य, अधिकारी, कोइराला, नेपाल, राठाले, रिमाल, सिंह, खतिवडा, चन्द,खड्की, गौतम,गैरे,बुढाथोकी, सपकोटा, न्यौपाने, पौडेल, बोहोरा, बोगटी, थापा, थपलिया, उप्रेती, गिरी, दाहाल, चन्द्र, लमसाल, ठगुना, देउलापाती, रामजाली, सत्याल, बस्याल, मरासिनी, पहाडी,पुलामी,घिमिरे,बन्जाडे,रोक्काशाही,राठौर…
४. गन्धर्व जातिका थरहरु गन्धर्व (गाइने) कालाकौसी, कालोपौडेल, कालिचन, कालाशाह, गाइने, गान्धारी, गायक, गायन, , जोगी, बैगार, मेघनाथ, भूषाल, भाट,सूर, तुर्की, बोगरी, सुरसमान, रसाइली, (भूषाल, विष्ट, बोगरी)
५. वादी जातिका थरहरु कश्यप, केसरी, कालीयान, चन्द, छिलेल, छिलाल, छिन्वयाल, जोगी जुम्लेली, दास, दुमार्की, राना, वादी, भाँड, हुँड्के धिताल, लेकाली, पहाडी, (राजयोग), शिह, वैश्य, नगर्ची, खाती, वसेल, गौतम, नेपाल, लेकाली, मगर, बाध्यकार, बाठा, नेपाली, छिनाल, वाहय, बैकार, पौडेल, पोखरेल, सिमाल, हरिथंगा, खनौटे, बोरेसाहाँ,।
वादी जातिका गैर दलितसंग मिल्ने थरहरु कुमाल, खड्का, गहतराज, गोतामे, चन्द बराल, रिजाल, खान, जोगी, श्रेष्ठ, निरौला, कोइराला, उपाध्याय, बोटे, खाती, ठाकुर, राना,साह, नेपाली,भाँक ।

. कलर जातिका थरहरु सरवरिया, विकाउ
७. ककैहिया जातिका थरहरु राय ककैहिया जातिका गैर दलितसंग मिल्ने थरहरु राय
८. कोरी जातिका थरहरु कुरील, गौतम, भारती कोरी जातिका गैर दलितसंग मिल्ने थरहरु गौतम, भारती
९. खटिक जातिका थरहरु कोली, सोनकर
१०. खत्वे जातिका थरहरु ( मडंल, खङग ) शर्मा, धानुक, बेल्दार खत्वे जातिका गैर दलितसंग मिल्ने थरहरु शर्मा, धानुक, मडंल
११. चमार जातिका थरहरु ( राम, मोची, हरीजन, रविदास ) रैदास, महरा चमार जातिका गैर दलितसंग मिल्ने थरहरु महरा
१२. चिडियामार जातिका थरहरु सरनेरीया, सरनरिया, करौरीया, यादव, नट, बखु चिडियामार जातिका गैर दलितसंग मिल्ने थरहरु यादव,
१३. डोम जातिका थरहरु ( मरिक ) , मल्लीक, मल्लि, महिल, गुसराम डोम जातिका गैर दलितसंग मिल्ने थरहरु छ मल्लीक
१४. तत्मा जातिका थरहरु ( ताँती, दास ) मण्डल, महरा, पात, बनौजिया तत्मा जातिका गैर दलितसंग मिल्ने थरहरु मण्डल, महरा
१५. दुसाध जातिका थरहरु ( पासवान, हजारा ) दुसाद, हजारी, पासमान
१६. धोवी जातिका थरहरु (रजक ) हिन्दु, पथिक, कनौजिया, आर्या, पत्थरकट्टा, मगता, माहुत, कुशवडिया, मंगी, वाल्मीकि, शाकी, रमन, धावी, साफी, वैठ्ठाे, निर्मलकार, रत्ना, बेठा, मेहता, मधैया, आर्य, मधेसीया, दास, राजधोव, कनेजीया, धोवी, रमण, राउत, माझी, धवल, सम्धी, एसर धोवी जातिका गैर दलितसंग मिल्ने थरहरु चौधरी, महता, माझी
१७. पासी जातिका थरहरु सूर्या, महतो, चौधरी, गौतम, तरसुहिया पासी जातिका गैर दलितसंग मिल्ने थरहरु महतो, चौधरी, गौतम
१८. बाँतर जातिका थरहरु सरदार, माझी, धोकेवाल, राजवंशी, ढोकेवाज, माइती बाँतर जातिका गैर दलितसंग मिल्ने थरहरु राजवंशी
१९. मुसहर जातिका थरहरु सदा, ऋषिदेव, हेमराम, भदरी, माझी, तिरुहुतिया, मधैया, ढोलबाजा, कहरिँया, रिखिकुल, तिरासक
२०. मेस्तर जातिका थरहरु ( हलखोर ) राउत, मेहतर, जम्दार, मंगी मेस्तर जातिका गैर दलितसंग मिल्ने थरहरु राउत
२१. सरभङ्ग जातिका थरहरु ( सरवरीया ) सरभोर, सरभङ्ग, धामी, बाँतर, नट मधेशी मूलमा थप गर्नुपर्ने जातीहरु – पटवा, विल्टाउ, विन (मुखिया), मलाह (सहनी), गोढीया । पहाडी समुदाय भित्रका दलित :
२२. पोडे (देउला, पूजारी,जलारी,जालन्धर)
२३. च्यामे (कुचिकार,च्यमखल)
२४. विटालु
२५. मगन्त
स्रोत राष्ट्रिय दलित आयोगको वेभसाइट बाट ।
राष्ट्रिय दलित आयोगले विभिन्न अध्ययन अनुसन्धानबाट माथी उल्लेखित थरहरु पत्ता लगाई आफ्नो वेभसाइटमा प्रकाशित गरे पनि नेपाल सरकारको कुनै पनि आधिकारिक दस्तावेज, राजपत्र वा प्रकाशनबाट सार्वजनिक गर्न नसक्दा आफैले जारी गरेका प्रमाणपत्र पनि नविक्ने स्थितिमा पुग्यो । दलित समुदायका पनि अरु समुदायका जस्तै थरहरु हुन्छन् भनि राज्यले स्वामित्व वोध नगर्दा धेरैले दुख पाइरहेका छन् ।
२०७५ साल श्रावण २३ गतेको मन्त्रिपरिषद वैठकले जातिय सिफारिस तथा प्रमाणित स्थानिय तहले गर्ने निर्णय भएपछि यीे समस्या झनै बढ्दै छन् । एकातिर स्थानिय स्तरमा काम गर्ने कर्मचारी अनभिज्ञ छन् भने अर्को तिर यिनीहरुलाई किन जान्ने भएर हाम्रा जस्तै थर लेख्न दिने भन्ने मनोविज्ञान पनि छ जसले गर्दा त्यसको मार आम दलित समुदायले भोग्नुपर्ने र समस्या झेलिरहनुपर्ने अवस्था आउँदा दिनमा अझ बढ्ने निश्चित नै छ । जसको लागी दलित समुदायका आम नागरिक,नागरिक अगुवा, अधिकारकर्मी सांसद मन्त्री राजनैतिक दल लगायत सवै जागरुक हुनुका साथै अहिले गठन हुन लागेको संवैधानिक राष्ट्रिय दलित आयोगले यस अघि सुचिकृत गरेका थरहरु सवै स्थानिय सरकार , प्रदेश सरकार र सवै सरकारी कार्यालय निकायहरुमा परिपत्र र जानकारी गराई कार्यान्वयन गर्नु गराउनु अत्यावश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank