काठमाडौं- संविधानमा व्यवस्था गरिएका विभिन्न आयोगका अध्यक्षहरुको नाम सिफारिस भएको छ। आज बसेको सम्बैधानिक परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।
संवैधानिक परिषद्को आइतबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष पूर्वसचिव बालानन्द पौडेललाई सिफारिस गरेको छ । पौडेलले यसअघि स्थानीय तह पुनर्संरचना आयोग भएर काम पनि गरेका थिए ।
प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो । सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।
यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ ।

























Leave a Reply