वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति

दलित अनलाईन १९ चैत्र २०७८, शनिबार २२:०६

काठमाडौँ — वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति चयन भएका छन् ।

काठमाडौंमा शनिबार सकिएको प्रथम राष्ट्रिय भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको केन्द्रीय सदस्य महावीर विश्वकर्माले जानकारी दिए ।

समितिको कार्यकाल ४ वर्षको रहनेछ । भेलाले नन्दन अर्यालको संयोजकत्वमा कार्यकारी अधिकारसहितको ’प्रबुद्ध समिति’ समेत चयन गरेको छ । भेलाले चुनाव बहिष्कार गर्ने, एमसीसीविरुद्ध संयुक्त मोर्चा निर्माणमा पहल गर्ने लगायतका ८ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको छ । साथै वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने ठोस कार्यदिशासहितको राजनीतिक प्रस्ताव, सांस्कृतिक रुपान्तरणको ठोस कार्ययोजना र विधानसमेत पास गरेको केन्द्रीय सदस्य विश्वकर्माले बताए ।  वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला बिहीबार सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank