मुसहर बालबालिकाले पाए न्यानाे कपडा

दलित अनलाईन ४ माघ २०७५, शुक्रबार २२:१०

 

काठमाडौं –सदाको स्कूलले दिनभन्दा निकै भिन्न थियो विहिबारको दिन । पुष माघको समय यसै पनि हुस्सुले आधा विहानको समय गएको पत्तो नै हुँदैन । तर रौतहटको चन्द्रनिगाहापुर ४ स्थिति सन्तपुर बैतौनाको श्री दलित जन जागरण निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुको जाडो छिचोल्दै विद्यालयमा भएको उपस्थितिले सहजै अनुमान गर्न सकिन्थ्यो कि त्यहाँ केही हुँदैछ भनेर । अघिपछिको दिनभन्दा भिन्न रहेको विहिबारको दिन विद्यार्थीहरु पनि निकै खुशी मुद्रमा देखिन्थ्ये । उनीहरुमा देखिएको खुशी स्वभाविक नै थियो । स्कूल प्रांगनमा जम्मा भएका विद्यार्थीहरु केही दिनको जाडो छल्ने आशा गर्दै आफुहरुले पाउन लागेको न्यानो कपडाको पर्खराइमा थिए । केही समयमै उनीहरुले आशा गरेको न्यानो कपडा पाए र उनीहरु खुशीले रमाए । विहिबार रौतहटको चन्द्रनिगाहापुर ४ मा रहेका मुसहर वस्तीको २ सय जना बालबालिकाहरुलाई जाडोको न्यायो कपडाको व्यवस्था ललितपुरको साझा पहल नेपालले गरेको थियो ।


यस अघि कांभ्रेको चौरी देउराली गाउँपालिका सुर्योदय प्रावि, इश्वरीदेवी निमावि,कालिकादेवी प्रावि, बालज्योति प्रावि र ढाँडखर्क प्राविका १८५ जना दलित बालबालिकालाई जाडोको कपडा वितरण गरिसकेको साझा पहल नेपालले विगत ३ वर्षदेखि दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ ।


साझा पहल नेपालले मनकारी व्यक्तिहरुको सहयोगमा यो वर्ष मात्रै जाडोको समयमा करिब ४ सय जना विभिन्न विद्यालयका दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको साझा पहल अध्यक्ष गीता केसी दर्नालले बताइन् । ‘साझा पहल नेपाल दलित तथा सीमान्तकृत समुदायको बालबालिकाको शिक्षामा सहयोग गर्ने संस्था हो’ उनले भनिन्, ‘हामी जाडोबाट बालबालिकाहरुलाई न्यानो अनुभुति दिलाउने पनि काम गछौं । ’


साझा पहल नेपालको सहकार्यमा विदेशमा रहेका मनकारी हातहरुको सहयोगमा शैक्षिक सामाग्री र जाडोको कपडाहरु विभिन्न प्रदेशमा वितरण गरिएको अध्यक्ष केसी दर्नालले बताइ्न । आफुहरुको पहिलो पा्रथमिकता दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरु रहेको बताउँदै शैक्षिक क्षेत्रमा संस्थाले काम गरेको उनले बताइन् । ललितपुरमा ४ र चितवनमा ३ जना दलित बालबालिकाहरुलाई संस्थाले अध्ययन गराईरहेको जानकारी दिदै अगामी दिनमा पनि दलित बालबालिकाहरुको शैक्षिक क्षेत्रमा काम गर्ने केसी दर्नालले बताइन् । ‘मनकारी मन र सहयोगी हातहरुको सहयोगमा सहाराविहिन बालबालिकाहरुले अध्ययन गरिरहेका छन्, भोलीका दिनमा अझै फराकिलो ढंगबाट यो कामलाई तीव्र बनाइनेछ ’अध्यक्ष केसी दर्नालले बताइन,‘हामी बाबु आमा गुमाएका दलित बालबालिकाहरुलाई अध्ययन गराउँछौं ।’


संस्थाले शैक्षिक कार्यक्रम अन्र्तगत जाडोको समयमा एकसरो कपडा लगाएर स्कूल पुगेका बालबालिकाहरुलाई न्यानो कपडा समेत वितरण गर्न संक्षम रहेको जनाएको छ । विदेशमा रहेका सहयोगी हातबाट बालबालिकाको मुहारमा खुशी ल्याउन आफुले सहयोगी भूमिका निर्वाह गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank