मुसहर समुदाय किन माटो दिवास मनाउँछन् ?

दलित अनलाईन ४ माघ २०७५, शुक्रबार १६:५७

गुरुशरण सदा 
सिरहा । “आफनो माटो आफनो पहिचान समाजिक परिवर्तणका लागी हाम्रो अभियान”मुल नाराका साथ मुसहर समुदायले माघ १० गते ९ औँ माटो दिवस मनाउने भएका छन्।

तराईका भेगमा बसोवास गर्ने मुसहर समुदायले माघ १० गतेलाई माटो दिवसका रुपमा मनाउँदै आएका छन्। मुसहर जातीको सख्यात्मक रुपमा नेपालकै सबभन्दा बढी जनसंख्या भएको सिरहाको गोलबजारबाट सुरु गरिएको यस माटो दिवश भब्यताका साथ माघ १० गतेलाई ९औँ माटो दिवशका रुपमा मनाइन लागेको हो।

माटो प्रति स्नेह र पुर्वजहरुको श्रदासुमन सामुहिक रुपमा अपर्ण गर्दै माटो टिका लगाई आपसी सदभाव बाडदै आएको छ । माटो दिवशमामुसहर समुदायले आफनो पुर्वजहरुलाई स्मरण गर्छन र माटो टिका लगाई एक आपसमा खुसी साटासाट गर्छन्। माटोलाई मातृभुमी मान्ने मुसहर समुदायहरुले आफनो समुदायभित्रका राम्रा काम गर्ने ब्यक्तिलाई तथा मुसहर समुदायलाई प्रत्यक्ष अप्रत्यक्ष रुपबाट सहयोग गर्ने अन्य समुदायका ब्यक्तिलाई माटोको टिका लगाई सम्मान गर्ने गर्दछन्।

२०६७ साल माघ १ गतेबाट १७ जना युवाहरुद्धारा बन्द कोठामा मनाउन थालिएको माटो दिवस अहिले बन्दकोठा भन्दा बाहिरिएको छ । गत वर्ष ८ औँ माटो दिवशकाबाट यस माटो दिवशलाई खुल्ला मञ्चमार्फत मनाउन थालिएको हो।

जानेर हुन वा अन्जानमा यो माटो दिवशले मुसहर मात्रैलाई समेटेको छैन् । पहिलो माटो दिवशमा मुसहर समुदाय राजनितीकर्मी मातवर सदा र अन्यजातीका संगीतकर्मी सुर्यनरायणलाई माटोको टिका र दोसलाओढाई गोलबाजरमा सम्मानित गरिएको थियो। पहिलो माटो दिवशमा मुसहर समुदायलाई सम्मानका लागी मनोनित ब्यक्ति उक्तकार्यक्रमा उपस्थित नभएपनि उनैको नामबाट सम्मान प्रदान गरिएको थियो ।

अन्य जातीबाट सम्मानितभएका सुर्यनारायण सिंहलाई मुसहर समुदायका युगलगायनमा सहयोग गरेर एलब्मनिकालन सहयोग गरेको योग्दान स्वरुपमुसहर जातीय पहिचानमा सहयोग वापतउनलाई सम्मान गरिएको थियो ।

यसरी यस माटो दिवसमा मुसहर समुदायका पहिलो गाविस सचिव कारीराम सदा, मुसहर समुदायकापहिलो डाकटर दिलिप सदा, मुसरह समुदायकापहिलो रेन्जरचन्देस्वर सदा, मुसहर समुदायद्धारा पहिलो स्थपित संस्थाका संस्थापकद्धय रामस्वरुप सदा, चौठी सदा, मुसहर समुदायकापहिलो प्रदेश सभासदाफुलिया देवी सदा लगायतलाई माटोको टिका लागई दोसला ओढाई सम्मान गरिएको थियो।

त्यसैगरी पहिलो माटो दिवसमा सुर्यनारायाण सिंह (मैथिलीगितकार एवम संगीतकार जस्ले मुसहर समुदायकायुगल जोडीलाई गीत संगीत क्षेत्रमापहिलो एल्बम गर्न सहयोग गरेका थिए।) मुसहर समुदायमा अध्ययन गर्ने र किताब प्रकाशनमा ल्याउने त्रिभुवन विस्व विद्यालयका प्रध्यापक मधु गिरी, लेखन क्षेत्रबाट तराई र दलित समुदायलाई सहयोगात्मकभुमिका खेल्ने लेखक चन्द्र किशोर, मुसहर समुदायमाबस्तिनिर्माण गरि सहयोग गर्ने सिताराम कटेल (धुर्मुस), जातियविभेद विरुद्ध गितहमरे डाला पन पथिया पर देवतो पितर पुजाई अ गीतका लेखक एवम संगितकार धिरेन्द्र प्रेमर्षि, गायिका रुपाझालाई माटोको टिका लगाई दोसलाओढाई सम्मानित गरिएको थियो।

गत ८ औँ माटो दिवसमा ४५ वर्ष देखी माटो पेशामा माटो काट्ने माग्ने सदालाई पनि सम्मान गरिएको थियो। माटो काटेर पनि कोही सम्मानित हुन्छ भन्ने सम्भावना नदेखिए पनि मुसहर जातीयले आफना जातीभित्रका माटो काटनेलाई ब्यक्तिलाई सम्मान गर्दा मुसहर जातीको गरिमालाई ‘सम्मान गरेको देखिन्छ ।

माटो दिवसले माटो प्र्रति र आफना पुर्वजप्रतिको श्रदाभावलाई सामुहिक रुपमामनाउने पनि गरिन्छ । माटो दिवसका दिन मुसहर समुदायका कुल देवता दिनारामदिना भद्रिकाजन्म स्थलबाट ल्याईएको माटोको टिका लागाई माटो दिवसलाई खुशियाली साथ मनाइने गरिन्छ। त्यस्तै गरि माटोमा दिवसमादेहवसान भएका अफ्ना सम्पुर्ण पुवर्ज प्रति सम्मान स्वरुप मौन धारण समेत गरिने गरिन्छ।

माटो दिवसलाई सवरी संकल्प समाजगोलबाजर सिरहाको संस्थापनकअध्यक्षगुरुशरण सदाको नेतृत्व सहित अरुण सदा, आयोधी सदा, शिव शरण सदा, शान्ति सदा, कारीचन सदा, सन्तोष सदा, ओपिन्दर सदा, रामशरण सदा लगायतका ब्यक्तिहरुले यस दिवशको सुरुवात गरेका थिए।

माटो दिवसले मुसहर समुदायभित्रका केहीप्रतिभालाई उजार र समाजबाट अपहेलीत भएको मुसहर समुदायलाई शिर उच्चपार्ने वातवारणको सृजनाका रुपमा लिइन्छ। प्रत्येक माटो दिवसमा फरक फरक ब्यक्तिलाई सम्मान र समाजिक रुपमा सम्मान गर्ने परिपाटीले मुसहर समुदाय समाजिक रुपमा सम्मानितभएको आशाय देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank