स्काउटलाई अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप चलाउन खेलकुदमन्त्रीको निर्देशन

दलित अनलाईन २२ पुष २०७५, आईतवार २२:१२

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपाल स्काउटलाई अन्तराष्ट्रिय स्काउटका मूल्य र मान्यता अनुसार चलाउन निर्देशन दिएका छन्।

मन्त्री विश्वकर्माले नेपाल स्काउट आफ्नो मूल्य र मान्यताभन्दा बाहिर नजाने विश्वास पनि व्यक्त गरे। आइतबार नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाउँदै मन्त्री विश्वकर्माले तदर्थ समितिलाई ढिलो नगरी नेपाल स्काउटको नयाँ निर्वाचित नेतृत्व चयन गर्न पनि सचेत गराए।

कार्यक्रममा बोल्दै नेपाल स्काउट तदर्थ समितिमा संयोजक भण्डारीले नेपाल स्काउटको मर्यादा कायम गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाल स्काउटलाई संघीय ढाँचामा लैजाने गरी नयाँ संरचना तयार पारेर अघि बढाउने र निर्वाचनको तयारी गर्ने योजना पनि अघि सारे।

कार्यक्रममा संयोजक भण्डारीले नेपाल स्काउट तदर्थ समितिका सदस्यहरुलाई सपथ खुवाएका थिए। कानुनी प्रबन्ध नभएका कारण यस अघि नेपाल स्काउटको कार्यकारिणी समिति गतिशील हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank