दलित नेताहरुले भने, ‘चलचित्र प्रसादलाई विरोध गर्नुको अर्थ छैन’ (भिडियोसहित)

दलित अनलाईन ७ पुष २०७५, शनिबार २३:१७

काठमाडौ“– दलित समुदायमाथि भएको उत्पीडन र जातीय विभेदलाई मौलिक रुपमा नेपाली चलचित्र प्रसादले यर्थाथपरक ढंगबाट प्रस्तुत गरेको दलित नेताहरुले बताएका छन् ।
शनिबार राजधानीको सिभिल मलमा चलचित्र प्रसाद हेर्न पुगेका दलित नेताहरुले चलचित्र प्रसाद समाजको यथार्थ तस्बिरको रुपमा प्रस्तुत गरेको बताएका हुन् ।
अन्तरजातीय विवाह गरेका जोडीहरु गाउँघरबाट विस्थाापित हुनुको पीडा अहिले पनि उस्तै रहेको नेकपा नेता तथा दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले बताए । परियारले उच्च जातीय अंहकारबादी सोच अझै पनि समाजमा व्याप्त रहेको बताउँदै चलचित्र प्रसादले न्याययुक्त ढंगबाट दलितको कथालाई प्रस्तुत गरेको बताए । ‘यो चलचित्र समाजको यर्थाथ तस्बिर हो, जहाँ जातीय विभेदलाई राम्रो ढंगबाट प्रस्तुत गरेको छ । ’
विभेदयुक्त समाजको यथार्थतालाई सिर्जनात्मक ढंगले पस्किएको अर्गानिक चलचित्र प्रसाद बनेको भन्दै नेकपाका नेता परशुराम रम्तेले आलोचना गर्नका लागि मात्र प्रसादलाई आलोचना गरेको दावी गरे । ‘चलचित्र प्रसादलाई कसैले विरोध गर्नुको तुक छैन, यसले समाजको वास्तविक कथा र जीवन शैलीलाई राम्रोसँग प्रस्तुत गरेको छ । ’
मौलिक संस्कृति चलचित्र क्षेत्रबाट हराई रहेको बेला मौलिक कथा लेखनको सुरुवात चलचित्र प्रसादले गरेको दलित गैर सरकारी संस्था महासंघका उपाध्यक्ष शुशिल विकेले बताए । समाजभित्र रहेको जातीय छुवाछूतको अवशेषलाई राम्रो भाषा शैली र कथाको माध्यमबाट प्रसाद चलचित्रले प्रस्तुत गरेको हुँदा कसैले मिथ्य ढंगबाट विरोध गर्नुपर्ने अवस्था नरहेको उनले दावी गरे । ‘यो चलचित्र विरोध गर्नका लागि बनेको चलचित्र होइन, दलित समुदायले सबैले हेर्नुपर्ने चलचित्र हो, प्रसाद । ’
विकेले केही व्यक्तिले चलचित्रको मर्मभन्दा बाहिर गएर सामान्य ढंगबा टिकटिप्पणी गरे पनि समंग्रमा चलचित्र प्रसाद दलित समुदायको आँखाबाट हेर्दा सामाजिक परिर्वतनका लागि चालिएको पहिलो पाइला भएको टिप्पणी गरे ।

तीन सातादेखि लागिरहेको चलचित्र प्रसादको दलित समुदायको विषयबस्तुसँग जोडिएको कारण देशभरीका दलित समुदायले निकै उत्साहजनक ढंगबाट चलचित्र प्रसादलाई हेरी रहेका छन् । शनिबार राजधानीमा चलचित्र प्रसाद हेर्न एक दर्जन भन्दा बढी दलित आन्दोलनका अगुवा तथा नेताहरु हलमा पुगेका थिए । उनीहरु सबैले दलित समुदायको पक्षमा इतिहासिक फिल्म बनेको धारण राखेका थिए ।

चलचित्र प्रसादकाे निर्देशक दिनेश राउत हुन भने कथा सुशील पौडेलकाे हाे । दलित परिवारमा हुर्किएका बाबुराम परियार (विपिन कार्की), वडाध्यक्षकी छोरी नारायणी (नम्रता श्रेष्ठ) र गाउँकै हुनेखाने रमेश (निश्चल बस्नेत)। तीन पात्रको सामान्य फ्युजनमा प्रसाद आर्गानिक चलचित्र बनेको हो ।  चलचित्र प्रसादकाे निर्माता सुवास थापा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank