नेपाल आइडलमा जसले बाजी मारे…….

दलित अनलाईन ६ पुष २०७५, शुक्रबार २३:३०

काठमाडाै-नेपाल आइडल सिजन-२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । यी दुई दलित समुदायकाबाट प्रतिनिधित्व गरेको स्वरको धनी प्रतिभाका खानी हुन् । दुवैको स्वरमा जादु छ ।

काे काे  थिए यी 

रवि ओड : सुदूरपश्चिमको ‘धनगढी अडिसन’ बाट नेपाल आइडलमा प्रवेश गरेका रवि प्रस्तुती निकै राम्रो थियो । त्यही राम्रो प्रस्ततीका कारण उनले जर्ज र दर्शकहरु समेत राम्रो भोट पाइरहेका थिए  ।  रवि कहिलै ‘डेन्जर जोन’ परेनन्  । रवि ओडले गाएका गीतले स्रोता–दर्शकको मन सजिलै जिते ।  ‘नेपाल आइडल’ बनाउन रविलाई दर्शकहरुले देश–विदेशबाट  राम्राे भोट प्राप्त गरे ।  थाइल्याण्ड, हङकङ, क्यानडा, फिलिपिन्स, भारतसँगै मलेसिया, कतार, अमेरिकाबाट रविलाई सबैभन्दा राम्राे भोट अायाे । यही राम्राे भाेटकाे कारण  सुदूरपश्चिमका रवि अाेड दलित समुदायको पहिलो नेपाल आइल बन्न सफल भए । अभियानमा लागेको छ ।

विक्रम बराल : पोखरा अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका विक्रम बराल दलित समुदायको पप्रतियोगी हुन् । उनी नेपाल आइडलका   फस्ट रनर अप भएका छन् ।

देशकै सबैभन्दा ठूलो रियालिटी सो नेपाल आइडलका उत्कृष्ट पाँचमा परेका प्रतिस्पधीसँगै दर्शकहरु समेत विभाजित भए । कतिपय दर्शकहरुले विक्रम बरालले बराल लेखेकै कारण सुरुमा सबैकोको भोट पाए पनि पछि दलित भएको थहाँ पाएको कारण उनको भोट कस भएको अनुमान लगाएका छन् । जात लुकाएका कारण भोट काटिएको उनको भोटरको अनुमान छ । दर्शकसँगै भूगोल र प्रदेश समेत विभाजित  अनुमान गरिएको छ ।

दर्शकहरुको भोटिङलाई पहिलो आधार बनाएर प्रतिस्पर्धा गराउने ठूलो रियालिटी सो कार्यक्रम हो, नेपाल आइडल ।

दर्शक र स्रोताले अत्यधिक रुचाएका प्रतियोगी विक्रम बराल हुन् । उनले दर्शकहरुको मन सजिलै जित्ने गरेका थिए । विक्रमले जुनसुकै गित पनि उत्कृष्ट तरिकाले गाउन सक्छन ।  तर भोटको तुलनामा रविको भन्दा निकै काम भोट पाए ।   विक्रम बराललाई  मलेसिया, कतार, अमेरिका, हङकङ, क्यानडाबाट भोट अायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank