श्रेया सुनारको हत्यारा पौडेललाई आजीवन कैदको फैसला

दलित अनलाईन ४ पुष २०७५, बुधबार २१:५४

चिप्लेढुङ्गा- गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुमलाई जन्मकैदको सजाय सुनाएको हो । पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीका आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा कोदी बस्दै आएका २७ वर्षीय कुसुमलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । कुसुममाथि भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो । हत्या आरोपमा कुसुम गत असोज १० गते नै पक्राउ परेका थिए ।

घर नजीकै पसलमा बिस्कुट किन्न गएकी श्रेयालाई पैसाको प्रलोभन देखाएर कुसुमले बलात्कारको प्रयास गरेका थिए । त्यसको श्रेयाले प्रतिकार गर्न खोजेपछि रक्सीले मातेका कुसुमले घाँटी थिचेका थिए । त्यसपछि बेहोस भएको थाहा भएलगत्तै ढुङ्गाले टाउकामा हानेर श्रेयाको हत्या गरेर शव पूर्वतर्फ जङ्गलमा फालेका थिए । रक्सीले मात्तिएर श्रेयामाथि बलात्कारको प्रयास गरेका उनले आफूले बलात्कारपछि हत्या गरेको अदालतमा बयान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank