जुन स्कूलमा अध्यक्षदेखि सदस्यसम्म दलितहरु मात्र छन

दलित अनलाईन ८ मंसिर २०७५, शनिबार २२:४५

दैलेख- दैलेखको एक सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष देखि सदस्यसम्म दलितहरुलाई मात्र चयन गरिएको छ । त्यो हो चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ६ को कालिका माध्यमिक विद्यालय नेत्रपानी ।

सदस्य सचिव र शिक्षक प्रतिनिधि, बाहेक अध्यक्ष देखि सदस्यसम्म दलितहरुलाई चयन गरिएको छ । उजीरबहादुर विकको अध्यक्षता ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यमा गंगे कामी, विर्ख नेपाली, पिउला नेपाली, मञ्जु विक, लक्ष्मी नेपाली र शिक्षक प्रतिनिधिबाट गगन शाही रहेका छन ।

जसको सदस्यमा सचिवमा प्रधानाध्यापक लोकेन्द्रबहादुर शाहीलाई चयन गरिएको छ । वडा अध्यक्ष बखतबहादुर बोहोर विद्यालय व्यवस्थापन समितिको पद्देन सदस्यमा चयन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उजीर विकले शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि सबैले सहयोग गर्न अपील गरेका छन । –‘विद्यालय व्यवस्थापन समितिको प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिदैन ।, ‘शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि सबैको सहयोगको खाँचो पर्छ ।’ उनले भने,
सबैले आ–आफ्नो ठाउँमा सहयोग गरेमा कालिका माध्यमिक विद्यालयलाई कर्णाली प्रदेशकै नमुना विद्यालय बनाउने प्रतिवद्धता जनाए ।

को हुन अध्यक्ष

साविकको जम्बुकाँध गाविसको वडा नं. १ हालको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नं. ६ को गडखामा वि.स. २०४१ साल जेठ १० गते बुबा गौरे कामी, आमा धिरा कामीको कोखबाट जन्मिएका काईला छोरा उजीरबहादुर विक हुन । सामान्य परिवार जन्मीएका उनी शिक्षाको बारेमा जानकारी नहुदाँ वि.सं. २०४९ साल ९ वर्षको उमेरमा प्रथामिक शिक्षा कालिका माध्यमिक विद्यालयमा प्रथामिक शिक्षा लिनमा भर्नाका थिए । घरपरिवारमा जनचेतनाको अभावले गर्दा बाल्यकालका ४ वर्ष विद्यालय नगएर वित्यो । २०४९ साल प्रथामिक शिक्षा भर्ना भई उनी २०६० सालमा एस.एल.सी उत्र्तिण गरे । आर्थिक अभावका कारणले गर्दा एस.एल.सी पास भईसकेपछि उनी १ वर्ष घरमै अध्ययन नगेर बस्नु परेको थियो । २०६२ सालमा दुल्लुको विजय उच्च माध्यमिक विद्यालय कक्षा ११ मा भनाई भई २०६५ सालमा प्लस टु उत्र्तिण गरेका थिए । २०६५ सालमा उच्च शिक्षाका लागि उनी दोणाचल क्याम्पस दूल्लुमा भर्ना २०६९ सालमा बी.ई.ए उत्र्तिण गरे । वर्तमान समय उनी डिग्री रनिङ गर्दैछन । उनले विभिन्न संघ संस्था आवद्ध भई १० वर्ष सामाजिक क्षेत्रमा काम गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank