नेकपा स्थायी कमिटीको बैठक स्थगित

दलित अनलाईन ११ कार्तिक २०७५, आईतवार १९:१४

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । नेताहरुको कार्य व्यस्तता र एजेण्डासमेत तय हुन नसक्दा भोलि र पर्सीका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको सचिवायलले जनाएको छ ।

गत बिहीबार बसेको सचिवालय बैठकले प्रदेश कमिटीको एकता टुङ्गो लगाउन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल गठन गरेको थियो । कार्यदललाई तल्लो तहबाट आएका नामलाई टुङ्गो लगाई सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी दिइएको थियो ।

सचिवालयले कार्य दलले पेश गरेका नामलाई अन्तिम रुप दिएर स्थायी कमिटी बैठकमा पेस गर्ने भनिएको थियो । तर, कार्यदलले तल्लो तहबाट आएका नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी बैठक एजेण्डाबिहिन हुने भएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

गत बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बस्ने र कार्यदलले पेश गरेका प्रदेश कमिटीका सदस्यको नाम र केन्द्रीय सदस्यहरुको कार्य विभाजनलाई अन्तिम रुप दिने निर्णय गरेको थियो । यसअघि नेकपा स्थायी कमिटीको बैठक असार २१ गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank