फलोअफ : जातीय दंगा भड्किने भन्दै सांसद रामपृत पासवानमाथि भएको कुटपिटको घटना गाउँमै मिलाइयो

दलित अनलाईन ३ मंसिर २०७५, सोमबार १८:४५

दलित अनलाईन डेक्स

मलंगवा– संघिय समाजबादी फोरम नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले जातीय दंगा मञ्चिन सक्ने भन्दै आफुमाथि कुटपिट गर्नेहरुलाई आम माफी दिएका छन् ।
कविलासी नगरपालिका–६ मदनपुरमा आइतबार र सोमबार १० गाउँका मानिसहरु जम्मा भएर पीडकहरुलाई कारबाही स्वरुप कुटपिट गर्न दलित समुदायहरु उत्रिन थालेपछि दुवै पक्षबीच जातीय दंगा भड्कीन सक्ने भन्दै सार्वजनिक रुपमा पीडितसँग पीडकहरुले आम माफी मागेपछि पासवानले माफी दिएका हुन् ।
स्थानीय मदनपुरमा गैर दलित युवती स्थानीय दलित युवासँग भागेको आशंकामा बसेको पञ्चायतले केटापक्षले २ दिनभित्र केटीलाई र केटालाई उपस्थिति नगरे केटाकी अविवाहित बाहिनीलाई सार्वजनिक रुपमा सामुहिक बलात्कार गर्ने अडानको विरोध गर्दा पासवान कुटिएका थिए । सांसद पासवानलाई स्थानीय हात हतियार प्रयोग गरी पञ्चमा बसेका केटापक्षका व्यक्तिहरुले जातीय आधारमा गाली गदै आक्रमण गरेका थिए ।
सांसद पासवानले यादवहरुको बाक्लो बस्ती भएको कारण मुद्दा दायर गरेपछि पीडकहरुलाई कारबाही हुदाँ दलित समुदाय र यादवहरुबीचमा झनै जातीय दंगा भड्कीन सक्ने दावी गदै सार्वजनिक रुपमा माफी मागेपछि आफुले माफी दिएका बताए । ‘यादवहरुसँग दलितहरु जुध्न सक्ने अवस्था छैन, यादवहरुले जातीय आधारमा लड्ने तयारीमा छन् ,’उनले भने ।
आफुलाई कुटपिट गर्ने व्यक्तिहरु नेपाली कांग्रेस र नेकपा स्थानीय नेताहरु भन्दै राजनीति गर्ने व्यक्ति गाउँ तत्कालै छोड्नुपर्ने भएकाले पछि आफु नभएको समयमा गाउँमा रहेका दलित समुदायलाई आक्रमण हुने सक्ने भएका घटनाको प्रकृति हेरे प्रहरीमा उजुरी दर्ता नगरेको पासवानको दावी छ ।
कविलासी नगरपालिका–६ मदनपुरका रामप्रसाद राय नेपाली कांग्रेसका जिल्लाका नेता हुन् । उनै रामप्रसाद रायको छोरी पुनित कुमारी राय कात्तिक २८ गते घरबाट भागेपछि दलित युवा सन्तोष रामसँग विवाह गरेको आशंकमा शुक्रबार दिउसो गाउँमा पञ्चायती बसेको थियो । कामले मलगवा जादैँ गरेका सांसद पासवानलाई दलित समुदायले एकछिन पञ्चायतीमा बसिदिन आग्रह गरेपछि पञ्चायतीमा बसेका थिए, सांसद पासवान ।
पञ्चायतले दुई दिनभित्र दलित युवा सन्तोष राम र केटीलाई गाउँमा उपस्थिति नगरे सन्तोष रामकी अविवाहित बाहिनीलाई सार्वजिनक रुपमा सामुहिक बलात्कार गर्न निर्णय गरेका थिए । उक्त निर्णयको विरोध सांसद पासवानले गर्दा केटीपक्षबाट वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले जातिय रुपमा गाली गदै कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank